नेपाल कल्चर फेस्टिवल हुँदै

नेपालगन्जमा कल्चर फेस्टिवल गरिने भएको छ । आगामी फागुनको २४ र २५ गते नेपालगन्जमा हुने भएको हो । जहाँ देशै भरको संस्कृति एउटै मञ्चवाट प्रस्तुत गर्ने फेस्टिवलको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

शास्त्रीय संगीत देखि पछिल्लो पुस्ताको पप रक सम्मको प्रस्तुति रहनेछ । अन्तरालका अनुसार, स्थानीय नव प्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्ड देखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् ।


अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस फेस्टिवलमा स्थानीय दर्जन बढी संघ संस्थाहरुले सहकार्य गर्दैछन् । नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवद्र्दन तथा प्रचार प्रसार गरिने बताइएको छ ।


सुदुर पश्चिमको डेउडा नृत्य र गीत देखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम सम्म, तराइको थारु र अवधि नृत्य÷गीत देखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाण्डौ उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजा देखि लाखे नाच सम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ भने ‘भाषा र संस्कृतिका अध्येताहरु, गीत र नृत्यका अध्येताहरु र चाडपर्व, रितिरिवाजका जानकारहरुवीच छलफल र विचार विमर्श हुनेछ ’। फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहको दावी छ, यो नेपाली गीतसंगीत, नृत्य,भेषभुषा र संस्कृति झल्काउने संभवत ः नेपालकै ठूलो ईभेन्ट हो ।


बहु सांस्कृतिक, बहुभाषी संस्कृति रहेको हाम्रो देशमा सयांै थरी नाच र गीत रहेका छन् । यसको पवद्र्दन अध्यन अनुसंन्धान गर्नु फेस्टिवलको उद्देश्य हुनेछ ।
कतिपय परम्परागत बाजाहरु, भेषभुषाहरु गहनाहरु लोपहुने अवस्थामा पूगेको, पूराना पुस्ताका गीतहरु नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सवैखाले संस्कृति र गीतसंगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको हो ।


नेपालगन्ज रंगशालामा हुने यस फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ । शास्त्रीय संगीत देखि पछिल्लो पुस्ताको पप रक सम्मको प्रस्तुति रहनेछ । अन्तरालका अनुसार, स्थानीय नव प्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्ड देखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् ।


‘देश भनेको भूगोल मात्र पनि होइन, संस्कृति जोगिएन भने पहिचान मेटिदै जान्छ – ’ अन्तरालका कार्यकारी शाहले भने– ‘नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगन्जमा सिंगो नेपाल झल्किनेछ । ’

प्रतिक्रिया

प्रतिक्रिया