सामाजिक सुरक्षा र चेतनाका विषयमा देउसी भैलो गीतको म्युजिक भिडियो सार्वजनिक

रुपनी जि एम

समाजका युवाहरु लागू औषधको कुलतमा फस्दै गईरहेको अवस्थामा लागू औषधक दुव्यर्सन नियन्त्रका लागि बाँकेका युवा तथा बालबालिकाहरुले भने देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन् ।
कोहलपुर नगर स्तरीय युवा क्लव सञ्जाल र बाल क्वल सञ्जालमा आवद्ध युवा तथा बालबालिकाहरुले तिहार नजिकिँदै गर्दा तिहारका सन्दर्भ पारेर वर्तमान अवस्थाको विषयलाई समेट्दै सामाजिक सुरक्षा र सार्वजनिक सचेतनाका लागि बिहीबार देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् ।

युवा क्लव सञ्जालका अध्यक्ष रमेश वरका अनुसार जिल्लाभित्र भइरहेका विभिन्न आपराधिक गतिविधीका विषयलाई समेटेर सचेतना मुलक म्यूजिक भिडियो तयार पारिएको हो । उहाँले भन्नुभयो,‘परिवर्तनका लागि गीतसंगीत त्यो माध्यम हो जस्को प्रभाव प्रत्यक्ष रुपमा पर्न सक्छ । त्यसैले हामीले गीतको माध्यमबाट जनचेतना फैलाउने प्रयास गरेका हौं ।’

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख सुन्दर तिवारीले कोहलपुरका युवा तथा बालबालिकाहरुले गीतसंगीतको माध्यमबाट लागूऔषध ओसार पसार तथा दुव्र्यसन न्यूनिकरणको विषयमा जनचेतनाका लागि गरेको प्रयासले प्रहरीको कामलाई थप सहयोग पुगेको बताउनुभयो ।

‘यहाँका युवा तथा बालबालिकाहरुले गरेको यो प्रयासले लागूऔषध ओसार—पोसार तथा दुव्र्यसन न्यूनिकरणको विषयमा हामी प्रहरी गर्दै आएको कामलाई थप मद्यत पुग्ने विश्वास हामीले गरेका छौं ।’ उहाँले भन्नुभयो,‘अपराधिलाई नियन्त्रणमा लिएर हामीले काम गर्दैगर्दा देउसी भैलो गीतसंगीतको माध्यमबाट दिन खोजिएको सन्देशले समाजमा प्रत्यक्ष असर पर्नेछ ।’ प्रहरी र युवा तथा बालबालिकासँगै रहेर लक्ष्मिपूजाको दिनदेखि देउसी भैलो खेल्ने कार्यक्रम रहेको डिएसपी तिवारीले बताउनुभयो ।

जनचेतना मुलक अभियानका लागि नगर स्तरीय युवा तथा बालबालिकाहरुले गरेको प्रयासलाई सह्राना गर्दै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आर्चायले युवा तथा बाल क्लव विकासका लागि नगरपालिका संधै साथमा रहेको बताउनुभयो । साथै उहाँले प्रत्येक वर्षहरुमा युवा तथा बालबालिकाहरुले गर्ने जनचेतना मुलक कार्यक्रमका लागि बजेट छुट्याउने बताउनुभयो ।
‘आफ्ना साथीहरुलाई कुलतमा नलाग्न र लागेकालाई जोगाउनका लागि नगर भाईबहिनीहरुको साथमा नगरपालिका सधैं साथमा रहने छ ।’ प्रमुख आर्चायले भन्नुभयो,‘नगरका युवा तथा भाईबहिनीहरुले गरेको यो प्रयासलाई थप सहयोग पुर्याउन पालिकाले प्रत्येक वर्ष बजेट छुट्टयाउने छ ।’

गीतको भिडिओमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ईलाका प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, कोहलपुर नगरपालिकाका प्रमुख र उपप्रमुखलगायत विभिन्न सामाजिक अभियन्ता, विभिन्न राजनीतिक दलका नेताहरु, सुरक्षाकर्मी र क्लबका अन्य सदस्यको अभिनय रहेको उहाँले बताउनुभयो ।

उक्त गीतको शब्द सिर्जना क्लबका अध्यक्ष रमेश वरले गर्नुभएको छ भने गीतमा सङ्गीत संयोजन गणेश बिक (गजल) को रहेको छ । बलु तामाङ र शान्ति सुनारको आवाज रहेको गीतको गणेश विष्टले निर्देशन गर्नुभएको हो । गीतको छायांकन कोहलपुरका विभिन्न ठाउँमा गरिएको हो ।

नन्दकला आचार्य र सुन्दर तिवारी विषेश सल्लाहकार रहनुभएको उक्त गीत तानसेन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको र म्युजिक भिडिओ ओएसआर डिजिटल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियो निमार्णका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुर नगर प्रहरी तथा ईलाका प्रहरी कार्यालय कोहलपुरको समन्वय र कोहलपुर नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया