शाश्वत आचार्य स्मृति प्रतिष्ठान: राष्ट्र निर्माताबारे परिसम्वाद

राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहका जीवनीका साथै योगदानको बारेमा शनिवार नेपालगन्जमा परिसम्वाद गरिएको छ ।


शाश्वत आचार्य स्मृति प्रतिष्ठानले ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवसको सन्दर्भमा श्री ५ पृथ्वीनारायण शाहका जीवनीका साथै योगदानको बारेमा परिसम्वाद एवम् कविगोष्ठीको आयोजना गरेको हो ।


पूर्वमन्त्रदी सर्वदेव ओझाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ सभा सदस्य महानन्द ढकाल, सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, लेखक, अधिवक्ता लोक बहादुर शाहले पृथ्वीनारायण शाहका योगदानबारे आआफ्ना धारणा प्रस्तुत गरेका थिए ।


नेपालगन्जका पूर्व नगर प्रमुखसमेत रहेका वरिष्ठ कानून ब्यवसायी विजय कुमार गुप्ताको सहभागितामा साहित्यकारहरु गणेश जीसी, लक्ष्मी बस्याल, शान्ती अधिकारी, कोपिला सङ्ग्रौला अधिकारी, वालकृष्ण शर्मा उपाध्याय, भिम बहादुर शाही, समाजसेवी जेकेश सिंह आदिको रचना वाचनले कार्यक्रमको शोभा बढाएको थियो ।


प्रतिष्ठानकी उपाध्यक्ष किरण आचार्यको सभापतित्वमा भएको कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्य अधिवक्ता नरहरीनाथ योगीले र सञ्चालन प्रतिष्ठानका सचिव दीपेन्द्र पन्थीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया