उहीँ तपाइको वडाको मतदाता

आत्मिय कमरेड शान्ती र समग्र निर्वाचित टीम ! बधाई

अनि जनपक्षीय काम गर्ने उर्जा मिलोस कामना!!

महाभारतको युद्दमा अर्जुनको सारथि कृष्ण बने झै यो स्थानिय चुनाबमा म पनि कृष्ण जस्तै तपाइको सारथि बन्न सके या सकिन त्यो त था छैन मलाई, तर तपाइको वडाको एक आमनागरिक को तर्फ बाट पत्र लेख्ने प्रयास गर्दैछु !! “शान्ती अलि केटाकेटी नै छ, भोट त बूढो अनुभविलाई दिनु पर्छ!” भन्दै भोट माग्दै थे केही १७ देखि माथीका अझै युवाहरु !! “हाम्लाई भोट दिनुस, पार्टीले नगरे नि म मेरो खेत बेचेर भए पनि यहाँ सिचाइ पोखरी बनाउछु” “हेर्नुस!यहाँ केही फटाहहरु छन!!उनिहरुको पछि नलाग्नुस!!भोट हाम्लाइ दिनुस!!सिचाइ डुड बनाईदिन्छौ!” “अहिले आफ्नो गढ भनेर एमाले हरु मख्ख छन् !तर आज राती नै 20/25 मत किन्न सकिन्छ !”

 

माथी उल्लेखित भनाई कपोलकल्पित र कसैलाई आरोप लगाउन भ्रम छर्न लेखिएका पक्कै पनि होइनन !! बरु यी निर्वाचन पुर्ब भनिएका शब्दहरु अझै भनौ आम मतदाताको भोट माग्न प्रयोग भएका शब्द हुन !!! यी भनाईको भडाफोर गरि कसैको चरीत्र हत्या गर्नु मेरो ध्येय होइन!!बरु निर्वाचित जन प्रतिनिधिलाई विजयको उत्सव संगै ग्रहण गरेको पदभारको धर्म निभाउन अनि जनादेशको भावना अनुकुल पदिय न्याय दिन वडा न. नौ का जन निर्वाचित प्रतिनिधिलाई सजग अनि होसियार गराउन मात्र खोजेको हो!!

 

माथिका भनाईको विश्लेषण गर्दा, म उक्त आश्वासन दिनेलाई गाली गर्दिन, बरु यो बाट जननिर्वाचित प्रतिनिधिलाई पर्याप्त सूचना मिलेको छ!! जनता विभिन्न समस्या संग जुद्दै छन!!नया अनुहारले केही गर्छ कि भन्ने झिनो आस अनि सपना देख्दै शान्ती जी तपाईं अनि तपाईको प्यानललाई जिताएका हुन!! महाभारतमा अर्जुन ले कौरव विरुद्दको युद्द लड्दा कृष्ण जस्तो सारथि पाएका थिए !

 

ठिक यसै गरि शान्ति जी तपाइले यो निर्वाचनमा यो तन्नेरीले केही गर्छ, आमनागरिकको विकास र समृद्धिको बाटो रोज्छ भन्ने दृढ विश्वासका साथ, मैले देखे अनुसार थुप्रै कृष्ण हरु तपाइको सारथि बन्दै कोइ मतदाता अनि मतको संरक्षणमा लागे, कोइ मतदाता शिक्षा दिन, कोइ प्रचारमा लागे त कोइ समग्र युवा परिचालन!!

 

सारथिले गरेको मायालाई सम्झिन र सम्मान गर्न कसैलाई व्यक्तिगत स्वार्थ पुर्ती हुने गरि जागिर वा अन्य अवसर किमार्थ नदिनुस!!बरु ती सारथिहरुको इज्जत बचाइदिनुस!!ती सारथिहरुको ऋण तिर्न, सब भन्दा पहिले सबै घरपरिवारलाई भेट्नुस, जसरी चुनावमा।भोट माग्न जानू भको थियो!!ठिक त्यसै गरि!! “अब मैले चुनाव जिते म तपाइको हरुको विकास र समृद्धिको लागि के गरौं ” यहि प्रश्न लिएर जानुस फेरि घर्दैलो अभियानमा, अनि आमनागरिकका समस्या र आवस्यकताको फाइल तयार गर्नुस् जसरी म यति मत ल्याउछु वा अब यो ठाउमा खट्यो भने यति मत आउँछ भनी निर्वाचन ताका सारथि संग बसेर गृहकार्य गर्नु भको थियो!! हो ठिक त्यसै गरि सबै समस्याको अभिलेख राख्नुस, अनि पार्टी को घोषणा पत्र र स्थानिय समस्याको आधारमा केही विज्ञहरु संग बसेर आगामी नतिजामा आधारित दीर्घकालीन योजना तयार गर्नुस् !!अनि विकास र सम्वृदी कोर्न लाग्नुस!!

 

निर्वाचन पुर्व मेरो विश्वास, चुनाव शान्तीले नै जित्नुहुन्छ भन्ने कुराको ठम्म्याइ थियो!र यहि उद्घोस मैले युवा, सहयोद्दा अनि अग्रजहरु संग गरेको थिए! २०५४ मा जनादेश पाइसकेकाले अब पनि जनादेस दिदा कति हाम्रो विकास र समृद्धि गर्न सक्छन भन्ने कुराको हेक्का आममतदाताले पाइसकेका थिए! जनताले परिक्षण गरेको मान्छेलाई फेरि पनि मत दिन तयार हुने छैनन यो मेरो दावी थियो!! अनि माकेको त संगठन नै थिएन!!त्यही पनि थुप्रै सपना बाडेकोमा गर्न केही सक्दैन भन्ने ठम्याइ आम मतदाताको थियो!! अनि हाम्रो किल्ला भनेर उफृने साथी जो बिगत मा उफृदै थिए र अहिले केही एमाले हरु पनि उफृदै हुनुहुन्छ!! हेक्का रहोस, शिक्षाले स्वतन्त्रता दिन्छ!!आमनागरिक र कार्यकर्ता कसैका बधुवा होइनन् !! यसर्थ, यो जितको माला र अबिर संगै जनताका दुख अनि समस्याको माला लाउदै हुन्हुन्छ निर्वाचित साथी हो!! वडा न. ९ वासिले दिए, अब तपाइहरु दिनुस् !!

 

अब पालो तपाइहरुको!!नत्र इतिहास साक्षी छ!!बाघ भनी कुर्लिने हरु अहिले खोइ जंगल, बन तस्करले सक्यो भन्ने कबिता लेख्न व्यस्त छन!!भोलि तपाईं अनि तपाइको पिता र माता समान पार्टीको हविगत पनि त्यसै हुन सक्छ!!काम नगरी किल्ला किल्ला भनी उफृने अनि सिन्को मात्र पनि भाच्नु भएन भने!!खबरदार!!हेक्का रहोस् !!जनतालाई बधुवा र दास सोच्ने गल्ती नगरौ!!जस्ले गल्ती गरे, उनिहरुको हविगत पनि हेर्नुस!! शान्ति जी र तपाइको टीम संग म अरु केही माग्दिन, जरुर माग्छु!! यो लेखको सुरुमा लेखिएका केही भनाईहरु राम्रो संग हेर्नुस् !!

 

यी भनाई चिर्नका लागि, फुच्छे देख्नेहरुले वाह शान्ती परिप्क्व रहेछ विकास गर्यो, समृद्धि ल्यायो भने पाइका राज्नितिक बिरोधिहरुले नै तपाइको कामको प्रशंसा गर्न लाएक तपाईहरु बन्नु पर्छ! कार्यकर्ता स्वार्थ भन्दा माथी उठेर, वडावासी सबैको अधिकारमा आधारित विकासमा केन्द्रित हुनुस!! सारथिहरु त यहि काम बाट खुसी हुनेछ्न!! म तपाइको जितको खुसी तडकभडक गरि मनाउने पक्षमा छैन!!यसर्थ, जित साट्नुस संग्संगै आमनागरिक संगको माया गास्नुस्स!!

 

आज खुसी मनाउन लगाएको माला लाई जनताका समस्या सम्झनुस, माया गर्नुस, सुत्ने कोठामा वा तपाइको कार्यालय मा त्यो माला सुकेकै भए पनि राख्नुस जस्ले तपाईं लाई तपाइको धर्म, कर्तव्य अनि जनता माझ गरेका वाचा पूरा गर्न खबरदारी गरिरहनेछ!! कुरा धेरै छन!! अन्त्यमा, मनन गर्नै पर्ने कुरा!! “नेता त्यो व्यक्ति हो जसले आफ्नो शरीर र भावनालाई परिवर्तन गर्न र बसमा लिन सक्छ!” “सामान्य मानिसहरुको विचमा असामान्य कार्यसम्पादन गर्नु नै नेतृत्व हो र यो गर्न सअल व्यक्ति नै नेता हो!” जोन हार्मिजोन्स वाकी भेटमा विस्तार!!

उहीँ तपाइको वडाको मतदाता

क्षेत्री सानू हाल राजापुर वर्दिया!!

प्रतिक्रिया

प्रतिक्रिया