मानवीय सहयोगमा योग समितिको वार्षिकोत्सव


योग समिति नेपालले विभिन्न मानवीय कार्यमा सहयोग गरि आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ ।
योग समितिले दिएको जानकारी अनुसार, नेपाल पत्रकार महासंघ बाँके शाखालाई एम्बुलेन्स सञ्चालन अभियानका लागि नगद सहयोग गरेको समितिले भेरी अस्पताल परिसरमा संचालित अन्जनी माता रसोई घरलाई ३५ पेटी पानी सहयोग गरेकोे छ ।


योग समितिका अध्यक्ष गिरिराज भट्टराईले रसोई घरका संचालक जितेन्द्र सिंह ठाकुरलाई पानी हस्तान्तरण गरेका हुन् । अध्यक्ष भट्टराईले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा सञ्चालित आइसोलेशन केन्द्रलाई पनि १५ पेटी पानी सहयोग प्रदान गरिएको बताए ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा योग समितिले ५ हजार १ सय सहयोग गरेको जनाएको छ । सोमबार बिहान भेरी अस्पताल परिसरमा योग समितिका कोषाध्यक्ष अम्बिका कोइरालाले महासंघका कार्यसमिति सदस्य भिष्म लोधलाई चेक प्रदान गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया