बाँकेका पत्रकारहरुका लागि घरमैं उपचारको व्यवस्था मिलाइने भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि घरमैं व्यवस्था मिलाएको हो ।
त्यसका लागि फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा. शुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको जनाएको छ । सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता भयो । सम्झौता अनुसार डा. योगीले पत्रकारहरुलाई निःशुल्क परामर्श दिनुहुने बताइएको छ । आफ्ना सदस्य पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्नु पत्रकार महासंघ बाँकेले आफ्नो जिम्मेवारी र कर्तव्य ठानेर यो जिम्मेवारी निर्भाह गरेको अध्यक्ष भण्डारीले बताएका छन् ।

सोही जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकार महासंघ बाँकेले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन÷फोक्सो रोग बिशेषज्ञ डा.सुभाष योगीलाई कोरोना अवधिभर निःशुल्क परामर्शदाता नियुक्त गरेको अध्यक्ष भण्डारकिो भनाइ छ । कोही पत्रकार कोरोना लागेर बिरामी भएमा महासंघद्वारा डा.योगीलाई साथमा लिएर घरमै गइ स्वास्थ्य चेकजाँच गराइने छ । २ हजार भन्दा बढी कोरोनाका बिरामीको उपचार गरिसक्नु भएका डा.योगीले औषधी उपचार तथा विभिन्न जाँचहरु गराउनु हुने र गम्भीर स्वास्थ्य अवस्था देखिए अस्पताल भर्नाको लागि रिफर गर्नेछन् ।
कोरोना बिरामीलाई अक्सिजन अत्यावश्यक पर्ने भएकोले महासंघ बाँके शाखाले जिल्लाका पत्रकारको लागि अक्सिजन तयारी अवस्थामा राखेको जनाएको छ । पत्रकार सदस्यको उपचारमा सहयोग पु¥याउन महासंघले कुनै कसर बाँकी नराख्ने भन्दै महासंघले यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपील गरेको छ ।