अध्यक्ष नियुक्तिका लागि सार्वजनिक सेवा प्रसारण संस्थाद्वारा दरखास्त आह्वान

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समितिको अध्यक्ष पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालय अन्तर्गत गठित अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समितिले सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रक्रियामार्फत एक जना योग्य उम्मेदवार छनोट गरिने जनाएको हो ।

सूचनाअनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी जेठ १८ गते सोमबार कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्नेछ । आवेदन दिन चाहने उम्मेदवारहरूले दरखास्त फाराम, आवश्यक योग्यता तथा संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालय र संस्थाको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सक्नेछन् ।

समितिका अनुसार विस्तृत सूचना सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट तथा सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट मा उपलब्ध गराइएको छ ।

यसअघि गत बिहीबार पनि दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएको थियो । तर उक्त सूचना शुक्रबार खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया