लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकमाथि छलफल जारी

लुम्बिनी प्रदेश सभाको बैठक शनिबार पनि बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त तथा प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा १० जना प्रदेश सभा सदस्यले विधेयकसँग सम्बन्धित विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

त्यसैगरी, आजको बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना विचार तथा धारणा प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया