वैकुण्ठधाम प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समिक्षा बैठकलाई बुधवार नेपालगञ्जमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले बहुबर्षिय आयोजनामा समावेश गरेर उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका हुन् । यो निकै राम्रो सामाजिक कार्य हो ।

यो दल, उ दल भन्दा पनि आम नागरिकको सहभागितामा अघि बढेको यो कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ’ मुख्यमन्त्री आचार्यले भने,‘जग्गा प्राप्ती र डिपिआर निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरुरी छ । महायज्ञबाट पनि यहाँहरुले लगानी जम्मा गर्नु भएको छ । सबै स्रोतहरुको सहि परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्ने छ ।’ डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदी तटमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्न थालिएको छ ।

समुदायको अग्रसरतामा अघि बढेको कामलाई प्रदेश सरकारले साथ दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे । विद्युतीय शवदाहगृह सहिथ सिधनियाघाट हुने र अर्काे पाटोमा किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्युकर्म, सोह्र श्रद्धाकर्म एवम् पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने आध्यात्मिक उपवन‘वैकुण्ठधाम’ आयोजना अघि बढाइएको छ । वैकुण्ठधाम निर्माणकालागि नागरिक सहभागिता जुटाउन कार्तिक २२ गतेदेखी महायज्ञ समेत सञ्चालन गरिएको थियो ।

यज्ञमा करिब तीन करोड दान संकलन भएको थियो । मुख्यमन्त्री समक्ष बैकुण्ठधामका सदस्य डाक्टर बद्री चापागाईंले परियोजनाबारे बिस्तृत बिवरणको प्रस्तुति गरेका थिए भने आध्यात्मिक महोत्सवका महासचिव श्रीराम सिग्देलले ज्ञापनपत्रसमेत सुनाएका थिए । वैकुण्ठधाम सिधनियाघाट समितिका अध्यक्ष डा.सुरेशकुमार कनोडियाको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष भोला महतले स्वागत र सदस्य मिनबहादुर मल्लले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया