दुर्घटनामा श्रेष्ठको मृत्यु

राप्ती सोनारी ९ ढकेरी स्थित झिझरी पुलमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा खड्क विक्रम श्रेष्ठको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो पूर्व तर्फ जाँदै गरेको भे १ ख १९२५ नम्बरको बस र अगैयाबाट कोहलपुर तर्फ जाँदै गरेको भे ७ प ५४५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक श्रेष्ठ र सावित्रा थारु गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल चालक राप्तीसोनारी वडा न. ३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, ऐन बहादुर मल्लले दुर्घटनामा घाइते थारुको उपचार भैरहेको र श्रेष्ठको निधन भएको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया