महेन्द्र पुस्तकालयको ‘अमृत महोत्सव’

पश्चिम नेपालको पहिलो र ठुलो पुस्तकालयका रुपमा ख्याती कमाएको नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले शुक्रवार आफ्नो स्थापनाको अमृत महोत्सव मनाएको छ ।

स्थापनाको ७५ वर्ष पुरा गरेको महेन्द्र पुस्तकालयले भव्य कार्यक्रमसहित अमृत महोत्सव मनाएको हो । कार्यक्रममा पुस्तकालयको स्थापनाकालदेखि २०५४ सालको कार्यसमितिसम्म सक्रिय भूमिका रहेका विभिन्न ७५ जनालाई सम्मान गरिएको छ । त्यसयता पुस्तकालयले गति लिन नसकेको अवस्था विद्यमान छ ।

विक्रम सम्वत २००३ सालमा ‘प्रेम पुस्तकालय’ को नाम पछि महेन्द्र पुस्तकालय राखिएको हो । झण्डै एक दशकदेखि अस्तव्यस्तको अवस्थामा रहेको महेन्द्र पुस्तकालयलाई २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी क्रियाशील बनाइएको छ । समितिको पूर्णताका लागि भाद्र २९ गते निर्वाचन तय गरिएको तदर्थ समितिका अध्यक्ष बलराम यादवले जानकारी दिए ।

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राइको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरुले पुस्तकालयको संरक्षणमा जोड दिइएको थियो । मन्त्री राईले पुस्तकालयको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारवाट हुनसक्ने सहयोगका लागि पहल गर्ने आश्वासन दिंदै तत्कालका लागि व्यक्तिगत रुपमा ३ लाख रुपिया प्रदान गर्ने घोषणा गरे । ‘यो पुस्तकालय नेपालगन्जको धरोहर हो, यसको विकास र संरक्षण सबैपक्षवाट हुन जरुरी छ’, मन्त्री राइले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका बन बातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभा सदस्यद्वय आइपी खरेल र कृष्णा केसी नमूना, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानलगायत सहभागी थिए ।

स्थानीय विभिन्न माध्यामिक विद्यालयमा ‘विद्यार्थी जीवनमा पुस्तकालयको महत्व’ शिर्षकको निवन्ध प्रतियोगिता आयोजना गरेको महेन्द्र पुस्तकालयले अमृत महोत्सव कार्यक्रममा विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ । अमृत महोत्सवकै अवसरमा पुस्तकालयले शनिबार दिउसो २ बजे मुसायराको आयोजना गरिएको पुस्तकालय तदर्थ समितिका अध्यक्ष यादवले जानकारी दिए ।

दोश्रो सत्र उर्दू सायर अब्दुल लतिफ शौकको सभापतित्वमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिएको गोष्ठीमा विभिन्न भाषाका २५ कविले कविता वाचन गरेका थिए । पहिलो सत्र तदर्थ समितिका अध्यक्ष यादवको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया