युनेस्कोले गर्यो सम्मान

बाँके युनेस्को क्लबले बाँकेका चिकित्सक र स्वास्थ्यकर्मी सम्मान गरेको छ । आफ्ना उत्कृष्ठ कर्मचारीसँगै क्लबले स्वास्थ्य क्षेत्रमा, खासगरि कोभिडका बेला अहोरात्र काम गर्ने त्यस क्षेत्रका व्यक्तित्वहरुलाई शनिवार औपचारिक कार्यक्रममा सम्मान गरेको हो ।

नेपालगन्जस्थित भेरी अस्पतालका पूर्व प्रमुख डा. प्रकाश बहादुर थापा, एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र जिल्ला विपद् व्यवस्थापन सूचना अधिकृत रुपन ज्ञवालीलाई बाँके युनेस्को क्लबले सम्मान गरेको हो ।

बाँके र बर्दिया जिल्लामा कोभिड–१९ को बिश्वब्यापी महामारी अबस्थामा रोग रोकथाम तथा ब्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निवार्ह गरेको भन्दै उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कदर पत्र प्रदान गरे ।

क्लबको ३३ औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशन समारोहमा उत्कृष्ठ कर्मचारीका रुपमा कञ्चन दहित, इश्वर बिक, महेश नेपाली र गोबिन्द लामिछानेलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा दैनिक नेपालगन्ज, कृष्णसार एफएम, रुबरु लगायतका सञ्चारमाध्यमलाई प्रशंसापत्र प्रदान गरि कदर गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया