वर्षाले किसानलाई राहत

नेपालगन्जमा पर्याप्त बर्षा नहुँदा धान रोपाई गर्न नपाउने चिन्तामा रहेका किसानलाई बुधबारको बर्षात्ले केही राहत दिएको छ । यद्यपि, कतिपय किसानले ब्याड पुरानो भएकाले रोपाई गरेपनि उत्पादन घट्नेमा चिन्तित छन् ।
पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानले आश जागेको बताएका छन् ।
‘गत बर्ष काट्न तयार धानमा बेमौसमी बर्षात् क्षति पुर्यायो, यस बर्ष समयमा बर्षा भएन’, गंगा प्रसाद काँदु भन्छन्, ‘बुधबारको बर्षाले आकाशे पानी कुरेर बसेका किसानलाई राहत भएको छ ।’
यसबर्ष किसानले धान खेतीका लागि रासायनिक मल नपाएपछि भारतबाट ल्याउन बाध्य भएका छन् । सीमावर्ती भारतीय बजारबाट किसानले मल ल्याएको बताउँछन् ।
९१.८ मिलिमिटर बर्षा, गर्मीबाट राहत
नेपालगन्जमा बुधबार ठूलो झरी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालगन्जमा ९१.८ मिलिमिटर बर्षा भएको हो ।
बुधबार देशमै सबै भन्दा बढी बर्षा नेपालगन्जमा भएको हो । बुधबार विहानै बाट परेको झरीका कारण उखरमाउलो गर्मी राहत समेत पुगेको छ ।
क्षणभरकै झरीले जलमग्न सडक










