नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग संघमा कार्कीको नेतृत्व

नेपालगन्जको औद्योगिक क्षेत्र भित्र रहेका उद्योगीहरुको संस्था, नेपालगन्ज औद्योगिक क्षेत्र विकास संघको नेतृत्व परिवर्तन गरिएको छ । स्थापनाको एक दशकपछि अध्यक्ष राजेश मास्केको अध्यक्षता भएको प्रथम साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

उद्योगपति किरण कुमार कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार, वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद अन्सारी, उपाध्यक्ष दिला कुमारी शाह, महासचिव विवेक थापा, सचिव पुष्पा पोखरेल र कोषाध्यक्षमा गौरव डागा निर्वाचित भएका छन् ।

कार्यसमितिमा चम्पालाल बोथरा, रिद्धकरण जैन (सिन्धी), सुल्तान सलाउद्दिन अन्सारी, चन्द्रकान्त आचार्य र होमनाथ ज्ञवाली निर्वाचित भएको अधिवक्ता आचार्यले जानकारी दिए ।

स्थानीय सरकार उद्योग मैत्रीः नगर प्रमुख डा. राणा

प्रतिक्रिया

प्रतिक्रिया