शिक्षक संगठनमा धितालको नेतृत्व

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको आगामी कार्यकालका लागि रेखा धितालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
१ हजार ६ सय ३४ जना जिल्ला अधिवेशन प्रतिनिधि रहेको संगठनको १३ औं जिल्ला अधिवेशनले धितालको नेतृत्वमा ७ जना केन्द्रीय प्रतिनिधिसहित ३५ सदस्यीय जिल्ला कार्यसमिति शनिवार सर्वसम्मत घोषणा गरेको हो ।


संगठनका निर्वतमान अध्यक्ष बामदेव सुवेदीका अनुसार, संगठनको उपाध्यक्षमा दिल बहादुर खत्री र इन्दिरा गौतम, सचिवमा बाबुराम अधिकारी, कोषाध्यक्ष लक्षमण आचार्य, सहसचिव तारा न्यापाने र सहकोषाध्यक्ष पद्मा दर्लामी चयन भएका छन् । निवर्तमान अध्यक्ष सुवेदीसहित ७ जना केन्द्रीय प्रतिनिधि पनि सर्वसम्मत गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया