प्रतिमाका सिर्जना, ‘कागजका कपडा’

    प्रयोगमा आइसकेको बोरा, जुटको कठ्ठा, चटाइ तथा पढिसकेको पत्रिकालाई हामीले के गर्छौ ? प्रायः हामी सबैको उत्तर एउटै हुनसक्छ, ‘फाल्छौं, जलाउँछांै या त्यसको बैज्ञानिक तौरतरिकाले बिसर्जन गर्छौं ।’ तर फरक सोंच तथा नबिनतम र रचनात्मक सोंच भएका ब्यक्तिले भने त्यही काम नलाग्ने, फालिएका र प्रयोगमा आउन कठिन चिजहरुबाट मोडेलले प्रयोग गर्ने राम्रा अनि उच्चस्तरिय पहिरन बन्छन् भन्दा कतिलाई अपत्यारिलो लाग्न सक्छ ।

     
    स्वाभाविक रुपमा ती कुरा सुन्दा अचम्मित पार्ने रचनात्मक कला पक्कै हुन् । खजुरा गाउँपालिका वडा नम्बर ३ कि प्रतिमा बुढामगरले त्यस्तै उदाहरणीय डिजाइन गर्दै आइरहेकी छिन् । ज्ञानोदय बहुमुखी क्याम्पस खजुरामा मा बिए अध्ययन प्रतिमाले पहिलो पटक चटाइको ड्रेस डिजाइन गरिन् ।


    ‘५ सयमा चटाइ किनेर एक रातमा त्यो ड्रेस तयार गरें, मनमा उत्सुकता थियो, टपरीबाट बनेको ड्रेस मिस हिमालय नेपालमा आफैले पहिरिने मौका पाएकी थिएँ, जब म घर फर्किएँ अनि लाग्यो टपरीबाट ड्रेस डिजाइन हुन्छ भने चटाइबाट किन हुन्न भन्ने लाग्यो र त्यो तयार गरें, त्यहींबाट नै खेर गैरहेको सामाग्री बाट पनि ड्रेस तयार गर्न सकिन्छ भन्ने आइडिया मिल्यो’ प्रतिमा बुढामगरले दैनिक नेपालगन्जसँग भनिन् ।

     
    फेस अफ नेपालगन्ज २०१८, मिस्टर एन्ड मिस स्कुल बाँके २०१८ र दि नेक्स्ट फेस नेपालगन्ज २०१९ को ड्रेस डिजाइनरको रुपमा काम गरिसकेकी प्रतिमा बुढामगरको चर्चा त्यतिबेला चुलियो जतिबेला उनले डिजाइन गरेको पेपर कन्सेप्टमा तयार गरिएको दैनिक नेपालगन्ज पत्रिकाबाट बनेको ड्रेसमा मोडेल सुस्मिता चौधरी ¥याम्पमा उत्रिइन् । उनको चर्चा संगै सकारात्मक र नकारात्मक दुबै किसिमको चर्चा– परिचर्चा हुँदै गर्दा प्रतिमा भने दुबै किसिमको प्रतिक्रियालाई राम्रो मान्छिन, ‘मैले राम्रो नराम्रो सबै किसिमको प्रतिक्रिया लाई राम्रो नै मान्छु मैले काम गरेरै सिकेको हो र सिक्दै छु ।’


    ड्रेस डिजाइनर प्रतिमाले दैनिक नेपालगन्जको प्रचार–प्रसार भन्दा पनि खेर गैरहेको सामाग्रीद्वारा पनि ड्रेस डिजाइन गर्न सकिन्छ र ड्रेस डिजाइनको दुनियाँमा केही नयाँ गर्न सकिन्छ भन्ने उदाहरण दिन मात्रै खोजेको बताइन् । ‘यो प्राक्टिकल लाइफमा समेत प्रयोग गर्न सकिन्छ भनेर देखाउन खोजेको मात्रै हँु’, उनले खेर गएको कागजको उपयोगका लागि पहिरन डिजाइन गरेको बताउँदै भनिन् ।

    बि.स. २०७२ सालमा एसएलसी सकेर फुर्सदमा रहँदा तीन महिने सिलाइकटाइको तालिम लिएकी प्रतिमाले त्यसपछि भने कुनै आधिकारिक फेसन डिजाइनको कोर्स नलिएको बताउछिन् । उनको सिकाइको माध्यम नै नयाँ नयाँ डिजाइन हेर्नु र त्यसलाई आफुले अझै नबिनतम सोंचका साथ अझ नयाँ किसिमले प्रस्तुत गर्नु नै थियो । ‘मैले कुनै पनि कपडा या सामाग्रीलाई हातले छुन मात्रै पाएँ भने पनि यस्तो डिजाइन गर्न सकिन्छ भनेर दिमागमा त्यो डिजाइन घुमिरहन्छ,’ प्रतिमा भन्छिन् । घरकी एक्ली छोरी प्रतिमालाई ड्रेस डिजाइनर बन्नमा बुवा, आमा, दाई र हजुरआमा परिवारको पूरा साथ मिलेको छ ।


    मिस हिमालय नेपालगन्ज २०१८ को बिजेता समेत रहेकी प्रतिमा बुढामगरले खेर गैरहेको सामाग्रीबाट तयार गरिएको ड्रेस डिजाइन एउटा कन्सेप्ट मात्र नभै त्यस्तो पहिरन प्रयोगमा समेत ल्याउन सकिने जिकिर गर्छिन् । केही सामाग्रीबाट भने असम्भव जस्तै भएपनि कतिपय खेर गैरहेको सामाग्रीबाट तयार गरिएको ड्रेस भने दैनिक जिबनमा समेत प्रयोग गर्न सकिने र त्यसको लागि आफुले अझै नयाँ नयाँ कन्सेप्ट र अन्य खेर गैरहेको बस्तुबाट कसरी अझै सुन्दर डिजाइन गर्न सकिन्छ त्यसबारे खोजी समेत गरिरहेको बताउँछिन ।

     
    ड्रेस डिजाइनमै भबिष्य देखेकी प्रतिमाको दैनिकी भने निकै ब्यस्त रहेको छ । नेपालगन्ज, खजुरा तथा आफ्नै गाउँ घर समेतका युवायुवती हरुको ड्रेस डिजाइन गर्दै आइरहेकी प्रतिमालाई काम गर्न भ्याइ न भ्याइछ । डिजाइन गर्ने बुटिक तथा कार्यथलोको रुपमा आफ्नो कोठालाई बनाएका प्रतिमाले साना भाइबहिनीलाई पढाउने गर्छिन् । काम र पढाईमा समेत अब्बल प्रतिमाले सिलाइकटाइ सिक्दै गर्दा समेत डिजाइन समेत गर्ने गर्थिन त्यसैले उनलाई कामको अभाव महसुस कहिल्यै गर्नुपरेन ।


    ड्रेस डिजाइन र पढाइलाई संगै लिएर गएकी प्रतिमाको एउटै धोको छ, ‘दुर्गममा अभावमा अध्ययन गर्दै गरेका साना बालबालिकाको लागि अध्ययन सामाग्री सहयोग गर्ने । यहाँ पनि उनले नवीनतम र रचनात्मक सोच बनाएकी छिन् । ‘मैले कति देखेकी छु कि स्कुलको टेस्ट परिक्षामा लेखिएको उत्तर पुस्तिकामा एकतर्फी मात्रै लेखिएको हुन्छ, एकतर्फी भने खाली हुन्छ,’ उनले आफ्नो सोंच सुनाउँदै भनिन्, ‘त्यस्तै किसिमको पेपरहरु मैले संकलन गरिरहेको छु र त्यसलाई एकतर्फी प्रयोगमा ल्याउन मिल्ने गरि कपिको रुपमा तयार गरेर दुर्गमका कपि नपाएका बालबालिकाहरुलाई पु¥याउन खोज्दै छु ।’


    प्रतिमाले प्रयोगमा आइसकेको पेपरबाट ड्रेस समेत डिजाइन गरिसकेकी प्रतिमाले फाइबर प्लेट, खर, जुटको बोरा, सिमेन्टको कठ्ठा, चटाइ, गिफ्ट ¥यापिङ पेपर, प्लास्टिक जस्ता विभिन्न खेर गएका सामाग्रीबाट उत्कृष्ट ड्रेस डिजाइन गरिसकेकी छिन । त्यस्ता ड्रेसहरु राष्ट्रिय तथा अन्तर्रास्ट्रिय स्तरका इभेन्ट र फेसन शोमा मोडेलले पहिरिसकेका हुन्छन् ।

     

    प्रतिक्रिया

    प्रतिक्रिया