चर्को गर्मीबाट राहत दिएको बर्षाले नेपालगन्जका विभिन्न ठाउँ जलाम्मे भएको छ ।
सेतु विक चोक, घरबारीटोल, गणेशपुर, धम्बोझी लगातका विभिन्न ठाउँमा आइतबार रातीदेखि परेको पानी तालिएको छ । पानीको सहज निकास हुने पटकपटक उपमहानगरपालिकाले बताउँदै आएपनि पर्याप्त तयार हुन नसकेको देखिएको छ ।
सोमबार घरबारीटोलमा तालिएको पानी सहितको सेल्फि पोष्ट गर्दै अध्यक्ष वडा नं. २ का अध्यक्ष सुनिल सिंह हमाल आफैले भनेका छन्, ‘सरोकारवालाको ध्यान जाओस् ।’
उनले पानी तालिनुको दोष उपमहानगरपालिकाको थाप्लोमा हालेर पञ्छिन खोजेका हुन् । अध्यक्ष हमालले यसअघि उपमहानगरपालिकाले नाला सरसफाई नगरे वडास्तरबाट गरिने बताएको भएपनि त्यसो हुन सकेको देखिएन । अध्यक्ष हमालले आफ्नो निरिहपन पोष्टमार्फत व्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस्