दैनिक नेपालगन्ज
आज शनिबारदेखि नेपालगन्जमा १० औं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले प्रतियोगितामा प्रदेश ५ का १२ वटा जिल्लाको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पूर्वि रुकुमका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा प्रत्येक जिल्लाबाट ७२ खेलाडी, ६ प्रशिक्षक र १ टोली नेता सहित ७९ जना गरी ९ सय ४८ जना हुने अध्यक्ष वलीले जानकारी दिए । प्रतियोगितामा एथ्लेटिक्स ट्रयाक तर्फ छात्र, छात्रा १०० मिटर, २०० मिटर, ४००मिटर, ८०० मिटर, १५०० मिटर, ३०००मिटर , ४४०० मिटर, ४४०० रिले कराँते, उसु, तेक्वाण्दोमा कक्षा १२ मा पढ्ने १८ बर्षमुनिका छात्र छात्रा खेलाडीहरुले भाग लिने समेत अध्यक्ष वलीले बताए ।
प्रतियोगिताको आज एक कार्यक्रम बीच यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गर्ने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा २४ लाखको लागत अनुमान गरिएको छ ।