७० प्रतिशत मुद्दा फस्र्यौट गर्ने अदालतको लक्ष्य

बसन्त गौतम

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले चालु आर्थिक बर्षमा ७० प्रतिशत मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएको छ । कुल ८१५ मध्ये ५५१ मुद्दा फस्र्यौट हुन बाँकी रहेकोमा सबै टुंगो लगाउने जानकारी अदालतले दिएको हो ।

 

बुधवारसम्म २६४ मुद्दा फस्र्यौट भैसकेको जानकारी दिंदै नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश बिष्णुदेव पौडेलले एक बर्ष नाघेका ४२ मुद्दा फैसला गर्न बाँकी रहेको बताए । अदालतले यस आर्थिक बर्षमा सबै मुद्दाको फैसला एक बर्ष भित्रै गरिसक्ने लक्ष्य राखेको जनाएको छ ।

 

अदालतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठतम् न्यायाधीश पौडेलले न्याय सम्पादनको कार्यलाई प्रभावकारी र सबैको पहुँच योग्य बनाउन लागि परेको बताए । छिटो न्याय सम्पादन गर्ने उदेश्यले आफुले बिहान साढे दश बजे देखि नै मुद्दाको सुनुवाई गर्ने परिपाटी बसाएको भन्दै न्यायाधीश पौडेलले अदालती काम कारवाहीमा सबैका सहयोगको भए न्याय सम्पादन सहज हुने प्रष्ट पारे । लक्ष्य अनुसार मुद्दा फस्र्यौट गर्ने उद्देश्यका साथ बिहिवार र शुक्रवार पनि मुद्दाको सुनुवाई गर्ने गरिएको न्यायाधीश पौडेलले जानकारी दिए । न्यायाधीश पौडेलले अदालतको गरिमा बढाउन सबै लाग्नु पर्ने भन्दै अदालतबाट भएका आदेशको पालना हुनु पर्नेमा जोड पनि दिए ।
नागरिकता लगायत सार्वजनिक सरोकारका बिषयमा अदालतबाट भए गरेका आदेशको पालना नभएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा न्यायाधीश पौडेलले अदालतको काम बिवाद निरुपण गर्ने भएको उल्लेख गर्दै जसको जे काम गर्नु पर्ने हो सो काम उसले पुरा गर्नुपर्र्ने तर्क गरे ।

 

 

आमजनताको न्यायमा पहुँच अभिबृद्धि गर्ने र अदालती काम कारवाही जानकारी गराउने, अदालती काम कारवाहीलाई प्रभावकारी बनाउने उद्देश्यले अदालत गाउँ गाउँ पुगेको जानकारी न्यायाधीश पौडेलले पत्रकारलाई दिए । कारागार भ्रमण देखि काउन्सिलिङ सेवा संचालन, मिट द जज कार्यक्रम, न्यायिक सार्वजनिक सम्बाद, योजना कार्यान्वयन सम्बन्धमा पुनरावेदन तहमा हुने समिक्षा कार्यक्रम पनि अदालतले गर्दै आएको बताइएको छ । न्याय क्षेत्र समन्वय समितिको बैठक, बार र सरकारी वकिल संग अन्तरक्रिया, संचारकर्मीसंग अन्तरक्रिया जस्ता कार्यक्रमहरु अदालतले गर्दै आएको जानकारी दिंदै न्यायाधीश पौडेलले अदालतका कुनै काम कारवाही बारे सेवाग्राहीको कुनै गुनासो भए गुनासो सुन्ने अधिकारी समक्ष राखेमा त्यस उपर सुनुवाई हुने बताए ।
गुनासो सुन्ने अधिकारी गुनासोको उचित सुनुवाई नगरे आफुसंग कुरा राख्न र आफुले पनि सुनुवाई नगरि त्यस माथी गुनासो सुन्ने संयन्त्र रहेको न्यायाधीश पौडेलको भनाइ थियो ।

 

 

सबैले बिधि र प्रक्रियामा चल्नु पर्ने भन्दै वरिष्ठतम न्यायाधीश पौडेलले अदालतले जे बोल्छ त्यो लेखेर बोल्ने न्यायाधीश पौडेलको भनाइ थियो । अदालत भनको अन्याय परेको बेला जाने ठाउँ भएकाले अदालत प्रतिको आस्था घटाउने काम कसैले गर्न नहुने न्यायाधीश पौडेलले धारणा राखे ।

 

 

पत्रकारसँगको औपचारिक छलफलमा अदालतका निमित्त रजिष्ट्रार मुन्ना सिंह क्षेत्रीयले मुद्दामा ६ महिना भित्र मुद्धाको अंग पु¥याउनु पर्ने, फैसला भएको १५ दिन भित्र फैसला तयार गर्नु पर्ने लक्ष्य राखिएको बताएका थिए । शाखा अधिकृत हेमराज तिमिल्सेनाले उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासले छिटो छरितो न्याय सबैको लागि न्याय भन्ने मुल नाराका साथ प्रथम चौमासिक प्रगति समिक्षा गरिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया