बाँकेका ऐतिहासिक सन्तानेश्वर महादेव मन्दिर परिसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

बाँके जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर परिसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। मन्दिर परिसर तथा वरपर जथाभावी छरिएका प्लास्टिकका खोल, फोहोर प्लास्टिक बोतललगायतका फोहोर सामग्रीको सरसफाइ गरी करिब २२ बोरा फोहोर संकलन गरिएको थियो।

संकलित फोहोरलाई उचित व्यवस्थापन गर्दै सुरक्षित रूपमा जलाएर नष्ट गरिएको आयोजकले जनाएको छ। उक्त सरसफाइ कार्यक्रम नेपालगन्जका युवा, सचेत नागरिक तथा भविष्यका कर्णधारहरू शिरिष बुढाथोकी, पारश विक्रम अर्याल, कमल, राहुल बुढाछेत्री, नवराज बर्मा, कवि भारती, सिद्धार्थ थापा मगर, राजन शाह, मुस्कान साहु, मांसी गोडिया, मान्नत जी लगायतको सक्रिय सहभागितामा सम्पन्न भएको हो।

यस कार्यक्रमलाई इको नेपाल फाउन्डेसन को विशेष सहयोग प्राप्त भएको थियो। सरसफाइसँगै मन्दिरका पुजारी पूजनीय बाबा जीलाई फस्ट एड बक्ससहित आवश्यक औषधिहरू तथा चिसोबाट जोगिनका लागि हट वाटर ब्याग समेत प्रदान गरिएको थियो।

आयोजकका अनुसार धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, सरसफाइ र वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। स्थानीय युवाहरूको सक्रियतामा सम्पन्न उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया

प्रतिक्रिया