Monday, May 11, 2026
घर ब्लग पृष्ठ 302

निकुन्जमा बाघले लियो ३५ जनाको ज्यान

भावुक योगी
बर्दियाको मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट सोमबार दिउँसो दुई जना महिलाको ज्यान गएको छ ।

मधुवन नगरपालिका ५ को चिरौति सामुदायिक वनमा घाँस काटन गएका बेला पाटे बाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ५ कि ५० वर्षिया धनसरा गुरुङ र ५५ वर्षिया समुन्द्री बुढा क्षेत्रीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक प्रमुख दोर्ण शर्माले जानकारी दिनुभयो ।


विहान घाँस काटन सामुदायिक वनमा गएका अबेरसम्म पनि नफर्किएपछि खोजी गर्ने क्रममा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।


पाटे बाघको आक्रमणबाट बर्दिया, बाँके र कैलालीमा झन्डै चार वर्षको अवधिमा यो संगै ३५ जनाको ज्यान गएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रबिन कडरियाले जानकारी दिनुभयो ।


बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा, बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा यसैगरी बर्दिया, बाँके र कैलालीका राष्ट्रिय वन र सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट ३५ जनाको ज्यान गएको उहाँले बताउनुभयो ।


निकुञ्ज र राष्ट्रिय वनमा गरि सबैभन्दा धेरै बर्दियामा २७ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । बाँकेमा निकुञ्ज र राष्ट्रिय वनमा ७ जना र कैलालीमा सामुदायिक वनमा १ जनाले ज्यान गुमाएका छन् ।


राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डाक्टर रबिन कडरियाका अनुसार पाटे बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १५ जना, बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ जनाको ज्यान गएको छ ।


यस्तै बर्दियाको राष्ट्रिय वन र सामुदायिक वनमा १२ जना, बाँकेको राष्ट्रिय वन र सामुदायिक वनमा ४ जना र कैलालीको सामुदायिक वनमा १ जनाको ज्यान गएको छ ।


गत वर्षदेखि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका विभिन्न संस्थाले निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका स्थानीयबासिन्दाहरुका लागि मानविय व्यवहार परिवर्तन विषयक अभियान सुरु गरेपछि निकुञ्ज र सामुदायिक वन भित्र प्रवेश गर्ने क्रम घटेसंगै बाघ आक्रमणका घटना पनि कम भएको छ । नेपाल भारत सिमा क्षेत्रमा पर्ने राष्ट्रिय वन र सामुदायिक वन आसपासका क्षेत्रमा स्थानीय बासिन्दाहरु घाँस, दाउरा लिन जाने क्रममा बाघ आक्रमणका घटना हुने गरेको प्रहरीले जनाएको छ ।


यसैबीच बर्दिया क्षेत्र नम्बर २ को १ का लुम्बिनी प्रदेश सासंद जन्मजय तिमिल्सिना र मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले बाघ आक्रमणबाट सोमबार दिउँसो दुई जना महिलाको ज्यान गएको घटना प्रति दुख व्यक्त गर्दै मान्छे मार्ने बाघलाई तत्काल नियन्त्रणमा लिन र बाघ आक्रमणका घटना रोक्न विशेष अभियान चलाउन आग्रह गर्नुभएको छ ।

ऋण तिर्नु पर्छ, बाँचुञ्जेल तिरें, जग्गा बेचेर भएपनि तिर्दिनु

५० वर्ष काटेछु ३० वर्ष त ठूलो मान्छे बन्ने चक्करमा पारिश्रमिक बिनाको पत्रकार भएर बिताएँ । न राम्रो कपडा दिन सकें, न घर कुरिया । तिमीले पूरै समय दिएर नसम्हालेको भए बालबच्चाको भविष्य पनि अन्धकार हुने रहेछ । मलाई छोडेर भए पनि बच्चा पढाउन तिमी राजधानी जाँदा मेरो मन निकै अमिलो भएको थियो तर, बच्चाहरु राम्रोसंग पढिरहेको खबरले तिमीप्रति कसरी खुसी प्रकट गरौं ? मेरो हैसियत होचो लाग्छ । खैर, तिमी महान हौ, छौ,त्यसमा म नतमस्तक छु !

-श्रीराम सिग्देल-

प्यारी भुन्टेकी आमा, सप्रेम सम्झना !
मध्यरात १२ बज्न लागेको छु, तिमी पक्कै सुत्यौ होला । भुन्टाभुन्टी के गर्दैछन् ? बाउले सोध्याथ्यो भन्दिनु ।
खै के हेरेर तिम्रा बाउआमाले मलाई तिम्रो हात दिए ? जिन्दगीमा तिमी र छोरा छोरीको कहिल्यै हुन सकिन । ५० वर्ष काटेछु ३० वर्ष त ठूलो मान्छे बन्ने चक्करमा पारिश्रमिक बिनाको पत्रकार भएर बिताएँ । न राम्रो कपडा दिन सकें, न घर कुरिया । तिमीले पूरै समय दिएर नसम्हालेको भए बालबच्चाको भविष्य पनि अन्धकार हुने रहेछ । मलाई छोडेर भए पनि बच्चा पढाउन तिमी राजधानी जाँदा मेरो मननिकै अमिलो भएको थियो तर बच्चाहरु राम्रोसंग पढिरहेको खबरले तिमीप्रति कसरी खुसी प्रकट गरौं ? मेरो हैसियत होचो लाग्छ । खैर, तिमी महान हौ, छौ, त्यसमा म नतमस्तक छु !


प्रिय !
जिन्दगीको उत्तरार्धतिर आइपुग्दा मलाई पर्यटनको भूत चढेको छ । केही गरेर देखाउँछु भनेर पर्यटन व्यवसायतिर हात हालेँ, सो क्रममा बैंकहरुबाट ऋण लिएको थिएँ ,सके कमाएर नसके बाउको सम्पत्ति बेचेर नि तिरौंला भन्ने विश्वासले । के थाहा अकल्पनीय कोभिडले अवस्था यस्तो बनाउला, आर्थिक मन्दी होला…! सायद पुर्पुरोमा कमाउन नलेखेकोले होला परिवेशले पनि साथ दिएन । दिएको छैन ।


बैंकबाट ऋण काढेको थिएँ, ऋण खाएको हो, खाएको ऋण तिर्न नसके धितो लिलाम गर्दिनु भनी ९% ब्याजमा ऋण लिएको थिएँ । आजभोलि ग्राहक पनि आउन्नन, आउन पनि कसरी उनीहरु सङ्ग पनि पैसा हुनु प¥यो ! किन भने देश नै आर्थिक मन्दीमा गएको छ रे । त्यही भएर होला व्यवसाय चौपट छ । बजार सुनसान छ ।


यो पत्र ध्यान दिएर पढ्नु प्यारी !
ऋण काढेको ६ महिना पुगेको थिएन ब्याज बढाएर १८% पु¥याए । ३/४ महिना त जसोतसो तिर्दै आएको थिएँ, अब तिर्ने उपाय पनि छैन, तिमीलाई पठाउन पनि सकेको छैन कमाएजति सबै बैंकलाई बुझाउँदैमा ठिक्क छ । के छुट्टीको दिन के सार्वजनिक विदा, के रात के दिन, बैंकका कर्मचारीले धम्क्याइ रहन्छन ।

एउटा बैकको २० जना कर्मचारी पालैपालो फोन गर्छन,कसैले भन्छ गाडी तान्दिउँ, कसैले भन्छ कालो सूचिमा नाम प्रकाशित गर्दिउँ । सशस्त्र द्वन्द्वकालमा सैन्य पोशाक लाएको मान्छे देखेपछि आतंकित भए झै आजभोलि बैंकको ड्रेस लगाएको मान्छे देख्दा आतंकित हुन्छु ।


शुरुमा ऋण लिँदा ४० लाख लिएको हुँ बैंक कमिशन,इन्सुरेन्स , नास्ताचिया गरेर बचेको ४८ लाख लिएका घर आइपुगेको थिएँ । सायद ४/५ महिनाको किस्ता तिरेझंै लाग्छ, तर पनि तिर्नु पर्ने साँवा जति ५५ लाख भाछ रे । तिर्न नसकेको ब्याजलाई क्यापिटलाइज गरेको रे त्यो के हो मैले बुझेको छैन ।

अब फेरि ३ महिनापछि ब्याजलाई साँवामै गाभ्ने होला । जति पैसा हाले पनि साँवा घट्दै घट्दैन । २/४ कठ्ठा जग्गा बेचेर भए नि तिर्छु भनेर हिम्मत कसेर ग्राहक खोज्ने प्रयत्न गरेको जग्गामा बैंकले लगानी रोक्का गरेकोले ती ग्राहकले पनि साथ दिन सकेनन ।


ऋण लिने बेला ७० लाख मूल्यांकन भएको जग्गा अहिले पुनर्मूल्यांकनमा घटेर ६० लाख मात्र भएको छ रे , धितो पुगेन भन्दै छ बैंक अहिले नै । थप १० लाख जम्मा गर भन्दै छ बैंक, मैले फिटिक्कै कुरो बुझेको छैन ।


सुन प्रिय !
देश टाट पल्टिँदै छ रे, सरकार आत्महत्या गर्ने ऋणीको संख्या गन्दैछ रे । कति मान्छेले आत्महत्या गरेपछि सरकारको होस खुल्ने हो ? मैले बैंकबाट लिएको ऋण तिर्नु पर्छ म बाँचुञ्जेल तिरें, नतिरे जग्गा बेचेर भए पनि तिर्दिनु । मैले यो किन भनेको कि ३ महिना भयो ऋणले थप पिरोलेको छ, व्यापार फिटिक्कै छैन ।

ऋण तिर्दैनौ भन्दै झापातिर प्रसाईं थरको छदमभेषी जनता भड्काउदै हिडेको छ रे ! त्यसको भाउतोमा नलाग्नु । डा. केसी आन्दोलन र अनशन बस्दा विजय थापा भन्ने भाडाको व्यक्ति ल्याएर केसीविरुद्ध अनसन र झापाबाट भाडाका टट्टु ल्याएर सडकमा मान्छे उतार्ने त्यही मान्छे हो ।

सुन्दै छु धनीहरु सङ्ग सरकार मिलेको छ रे गरिबहरुको जग्गा लिलाम गराएर गरिबलाई थप कंगाल बनाउदै छ रे । कस्तो सरकार हो ९० % गरिव जनतालाई लत्याएर १० % धनीहरुको प्रतिनिधित्व गर्दैछ । सरकारले दिएको सहुलियत ऋण पनि तिनै धनीले लान्छन रे । आजभोलि अनलाईन बैंकिङ्गको नाउमा बैंकहरु भंगीहरुको पेशा पनि आफै गर्दैछन रे !


सुगर बढेर हैरान छु ,दिनानुदिन बैंकको टर्चरले श्वास प्रश्वास फुल्छ ,तनाब कम गर्न १ प्याकबाट शुरु गरेको रक्सी अहिले बोतल चाहिने भएको छ । लेख्न भन्न धेरै थियो मुटु हल्लियो होस गुम्न थालेको छ , उज्यालो देखे भने भोलि कुरा गरौँला ।
बालबच्चा यानिकानी पढाउनु मुटुले काम गरेको छैन, पानी पनि नपाइ मरेछु भने बुझ्नु त्यो तनाब बैंक कै हो , पुनर्मूल्यांकनमा धितो कम गरीवरी लिलाम गर्ने परिपञ्च मिलाइ सकेको छ रे बैंकले ।


तिम्रो बुढोले केही गरेर खान्छु भन्दा पनि मरेको सरकारले उन्मुक्ति दिएन । श्रीलंका भन्दा खरतनाक अवस्थामा देश पुगिसकेको छ भन्छन्,कुन दिन आगो लाग्छ देशमा थाहा छैन, बैंकहरुमा कथित अर्थविद्हरुको पनि लगानी छ भन्छन उनीहरुको रायले जनतालाई राहत कदापि हुन्न ।

सुनिंदैछ, नयाँ सरकारमा नुवाकोट तिरको भाई महत अर्थशास्त्री हुँ मलाई अर्थमन्त्री चाहियो भन्दैछन रे उनीबाट न काँग्रेस उभो लाग्छ न देश, बर्वाद हुन्छ बरु काँग्रेसकै भागमा परेको हो भने डा. स्वर्णिम वाग्ले या डा विश्व पौडेललाई दिए झिनो आशा गर्न सकिन्थ्यो, भाउजुलाई सुटुक्क सुनाइदिनु । अवस्था मेरो मात्र बिग्रेको होइन ,ऋण खानेहरु सबैको यही हाल छ ।


रात छिप्पिँदै गएको छ तर म निदाउन सकेको छैन, तिमीहरु सुत, भुन्टाभुन्टीलाई धेरै माया गर्नु । बिहानी हुँदा जिउँदै रहेछु भने थप कुरा गरौंला ।
शुभरात्री

उहीँ तिम्रो बुढो, लठेब्रो


(नेपालगञ्जका चर्चित पर्यटन व्यवसायी, नाट्टा नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले वर्तमान अवस्थालाई विश्लेषण गरेर लेखेको प्रतिकात्मक पत्र ! नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष समेत रहेका पूर्व पत्रकार सिग्देलको फेसबुक वालबाट सामान्य सम्पादन )

१९ किलोमिटर पुगेपछि…



‘बिशालले ४२ किलोमिटर दौडमा भाग लिँदैछ’, ह्वाटस्अप गु्रपमा सइदको म्यासेज पपअप भयो ।
म्यासेज हेरेर पहिले त हाँसो लाग्यो ।

एकपटक फेरी दोहोराएर पढे । म्यासेजमा भटाभट रियाक्सनहरु आउन थालिसकेका थिए ।
म भने असमन्जसमा परे । के रिप्लाइ गरौं, के नगरौं ।


तत्कालका लागि इच्च हाँसेको इमोजीको सहारा लिए ।


सन्दर्भ पूर्वी अफ्रिकन राष्ट्र तान्जिानियामा हुन लागेको २१ आंै किलि अन्र्तराष्टिय म्याराथनको थियो । किलि अर्थात अफ्रिकन महादेशको अग्लो हिमाल किलिमान्जारो । किलिमान्जारो हिमालको काखमा रहेको मोसी शहरमा प्रत्येक वर्ष आयोजना हुन्छ यो म्याराथन ।


तान्जानियामा रहेर काम गर्न थालेको करिब एक वर्ष पुग्नै लाग्दा यो प्रतियोगिता हुन लागेको थियो । धेरैजसो सहकर्मीहरुले म्याराथनमा भाग लिनका लागि नाम दर्ता गर्न थालिसकेका थिए । गु्रपमै म्यासेज आइसकेपछि करबलले भएपनि सइदलाई भेट्न गए । उ मुसुमुसु हाँस्दै थियो ।


सइद पूर्वी अफ्रिकामा बोलिने स्वाहिलि भाषा शिक्षक हो । उसले भाषाविज्ञानमै विद्यावारिधि पनि गर्दै छ । साहै्रै हसमिजास र मलाई स्वाहिलि पढाउने शिक्षक पनि ।


उसँग आफ्ना कुराहरु राख्न सहज लाग्ने भएकाले भने, ‘सइद मैले अहिलेसम्म कुनैपनि दौड प्रतियोगितामा झुक्किएर त सहभागी भएको छैन, ४२ किलोमिटर म्याराथनमा कसरी दौडिउँला?’


म बबुरोको वेदना सुनेर उ पनि हाँसु कि के गरु भन्ने भएछ । मलाई ढाढस दिन थाल्यो, ‘हेर बिशाल, यो अफ्रिकाकै सबैभन्दा व्यवस्थित र प्रतिष्ठित मध्ये एक म्याराथन हो । हजारौं मान्छेहरु आउँछन । कोही प्रतियोगिता जित्न, कोही सहभागी हुन भने कोही चाहिँ मात्रै रमाइलो गर्न ।’


तेस्रो तर्कले मलाई तान्यो ।


‘रमाइलो मात्र गर्न?’ मैले आश्चर्य सहितको प्रश्न तेस्र्याए ।


‘हो त, धेरै देशका मान्छेहरु किलि म्याथनको बेलामा रमाइलो गर्न, घुम्न र बिदा मनाउन पनि आउँछन् ।’ सइदले भन्यो ।
अलिकति हिम्मत बढेजस्तो भयो ।


‘सहभागी हुँदा चाहिँ के फाइदा हुन्छ त ?’ पुनः प्रश्न गरे ।


सइदले भन्यो, ‘अब प्रतियोगितामा तीन बिधा छन्, फुल म्याराथन यानि कि ४२ किलोमिटर, हाफ म्याराथन २१ किलोमिटर र रमाइलोका लागि दौड्ने ५ किलोमिटर ।’


फेरी पनि आफुलाई तेस्रो विकल्पकै नजिक पाए । यानिकि ५ किलोमिटर ।


‘४२ र २१ किलोमिटरमा माग लिनेले प्रमाणपत्र र मेडल पाउँछन् । ५ किलोमिटरले केई न केई ।’, सइदको यो भनाईले चाँही एकछिन खिसिक्कै परे ।


धत्तेरिका ५ किलोमिटर भएनी दौडनुपर्ला भनेको त न प्रमाणपत्र, न मेडल । अनि दुःख केका लागि? मनमनै फत्फताए ।
‘२१ किलोमिटर दौडने सबैले मेडल र प्रमाणपत्र पाउँछन त ?’, फेरी सोधे, किनकि ४२ किलोमिटरलाई त मैले दुर–दुर तर सम्भव देखिन ।


‘होनी सबैले पाउँछन्, यदि तोकिएको समयसीमा भित्रमा दौड पुरा गरेमा । यानिकि करिब ५ घण्टामा ।’ सइदको कुराले हिम्मत बढ्यो ।


मन मनै हिसाब लगाए । एक घण्टामा ४ किलोमिटर मात्रै पनि कटाए भने त मेरो मेडल पक्का ।


‘लु उसो भए म पनि २१ किलोमिटरमा माग लिन्छु ।’ खै कसरी आयो हिम्मत, फ्याट्टै भन्दिए ।
अनि सुरु भयो म्याराथन महाभारत ।
२६ फेब्रुअरी, २०२३ बिहान ३ बजेनै आँँखा खुल्यो । साढे ४ बजे मोसी जान गाडि चढिसक्नुपर्ने । मुस्किलले करिब ३ घण्टामात्र निदाउँन सके । भोली कसरी दौडिउँला भन्ने तर्कनाले अघिल्लो रात खासै निद्रा परेन ।


सुत्नेबेलामा शान्त भएर एउटा प्रण भने गरेको थिए, ‘नेपालीको छोरो हुँ, नेपालगन्जिया हुँ, २१ किलोमिटर त कुनै हालतमा पुरा गर्छु, त्यो पनि ३ देखि साढे ३ घण्टामै पुरा गर्छु ।’


झिसमिसे उज्यालोमै मोसी पुगियो । दौड सुरुहुने मोसी कोअपरेटिभ युनिभर्सिटि (मोकु) पुग्न १ किलोमिटर अगावै गाडि रोकियो । सयौं गाडि र हजारौं मानिसहरु बाटा भरी थिए । दौडका लागि तोकिएका नम्बर र जर्सि लगाएर कोही सेल्फि, कोही भिडियो बनाउन व्यस्त थिए ।


भिडमा मिसिएर फोटो भिडियो खिँचे । टिएस ठकुरी, जो नेपालगन्ज म्याराथनका संस्थापक र परिकल्पानाकार पनि हुन्, उनलाई फोटो भिडियो पठाए । किनकी मैले यस वर्ष नोभेम्बरमा नेपालगन्जमा हुने नेपालगन्ज म्याराथनको सन्देश बोकेको थिए ।


फुल म्याराथन दौड सुरु भइसकेका थियो । हाफ म्याराथनको सुरु हुन बाँकी थियो । मन रोमाञ्चित पनि थियो अनि केही हतास पनि । मात्र चिन्ता थियो त ‘मैले २१ किलोमिटर पुरा गर्न सकँुला या नसकुँला ?’
२१ किलोमिटरको दौड सुरु भयो ।
भिडमभाड थियो । साढे ६ हजार बढि दौडँदै थिए । आफैलाई भिडको बिचमा पाएँ । दौड सुरुभएपछिको बाटो केही उकालो थियो । अगाडि आँखाले देखुन्जेल सम्म पनि मान्छे दौडिएकै थिए । अछाडी फर्केर हेर्दा पनि आँखाले देखुन्जेल सम्म मान्छे दौडिनै रहेका थिए । आफु चाहि बिचमा ।
करिब २ किलोमिटरसम्म सहकर्मी डेनमार्ककी सिसिलिया र म सँगसँगै हिड्यौं । सइद लगाएत आधादर्जन बढि सहकर्मीहरु केही पछाडी हिँडिरहेका थिए ।


केही उकालो बाटो काटेर तेर्साे बाटो पुगेपछि हामीले बिस्तारै दौडन सुरु ग¥यौं।
दौडका लागि तयारी गरिरहँदानै सइदले भनेको थियो, ‘हामी कसैलाई जित्न जान लागका होइनांै । आफुले प्रतिस्पर्धा गर्ने आफुसँगै हो । त्यसैले कसैलाई जित्ने कोशिश नगर्नु । बरु जति सकिन्छ आफ्नो रफ्तारलाई एकनास राख्न कोशिस गर्नु ।’
मेरो दौडको गति मुस्किलले प्रतिघण्टा ६ देखि ७ किलोमिटर थियो होला । दौडदै गर्दा सडकमा देखिएका दृश्यहरु गजब थिए । बाटा वरिपरि मान्छेहरु बसेर तालि बजाएर हौसाउँदै थिए । लाग्थ्यो सारा बस्तैनै उठेर सडकमा आएको छ । उनिहरु दौड होइन कुनै ठुलै पर्व हेर्न आएका हुन् ।


दौडनेहरु पनि गज्जब । कोही हातमा, कोही काँधमा स्पिकर बोकेर ठुलो ठुलो आवाजमा गीत घन्काउँदै दौडिरहेका छन् । कोही २०, २५ जनाको झुण्डमा गीत गाउँदै दौडिरहेका छन् । कोही भुभुजेला बजाउँदै दौडिरहेका छन् । कोही विभिन्न खालका मस्कट लगाएर दौडिएका छन् । यौ दौड नभएर कुनै चाड हो जहाँ सबै रमाउन आएका छन् । यी सबै नजारा हेर्दै दौडदा शरिर थाकेको महसुस भएन ।


पाँच किलोमिटर दौडिसकेपछि लस्करै सडकको दायाँ बायाँ पानी र कोकाकोलाका ग्लासहरु राखिएका टेबल देखियो । पानी पिउनेले पानी, कोक पिउनेले कोक । अनि पानीमा भिज्न चाहनेको लागि सावर । साथमा ठुल्ठुलो आवाजमा घन्किरहेको अफ्रिकन म्युजिक त थियो नै ।


आफुले बोकेको आधा लिटरको बोतलमा पानी भरे र करिब १ किलोमिटर हिँडे । मेरो खुट्टाले जवाफ दिन थालिसकेको थियो । तर अब मात्र १६ किलोमिटर त पार गर्नुछ भन्ने सम्झिएर रोमान्चित पनि भए ।


करिब आठ किलोमिटरमा पहिले जस्तै पानी पिउने ठाउँ आयो । यस पटक भने रेडक्रसको स्वयम्सेवकहरुले धावकहरुको खुट्टामा मल्हम र स्प्रे छर्किरहेका थिए । मैले पनि त्यसको फाइदा उठाए । स्प्रे छर्केर आधा किलोमिटर दौडेपछि आयो ओरालो र उकालो कच्चि बाटो । हजारौं जना सँगै दौडँदा कच्चि बाटोमा धुलो उडिरहेको थियो । कोही स्या स्या, कोही फ्या फ्या, असिनपसिन भएर उकालो उक्लिरहेका थिए ।


नौ किलोमिटरबाट बाटो मोडिनुपर्ने थियो । ठाउँपनि गज्जबको रहेछ । किलिमान्जारो हिमाल टक्क अगाडि देखिने । मैले पनि फोटो खिँचे र दौडन सुरु गरे ।


बाटोभरिको नजारा रोमान्चक थियो । १ किलोमिटर हिँड्ने, २ किलोमिटर दौड्ने रणनीति लिएको थिएँ, काम गर्यो ।
प्रत्येक १ किलोमिटरमा माइलस्टोन थियो । प्रत्येक माइलस्टोन पार गर्दा, अब त यति किलोमिटर मात्र बाँकी त होनी भन्दै हिम्मत आइरहेको थियो ।


बाटामा एम्बुलेन्स, मोटरसाइकलहरु पनि दौडिरहेका थिए । एम्बुलेसबाट ग्लुकोज वितरण भइरहेको थियो । मोटरसाइकलहरु भने कसैलाई दौड्न अप्ठेरो भएको बेलामा सहयोग गर्न सकियोस भनेर । बाँकी पुरा म्याराथन रुटमा कुनैपनि सवारीसाधन चल्न दिइएको थिएन ।


बाटाभरी अनगिन्ति फोटोपत्रकारहरु थिए । प्रत्येक धावकको फोटो खिच्नका लागि । जुन फोटोहरु प्रतियोगिताको दोस्रो दिननै आयोजकको वेबसाइटमा गएर आफ्नो दर्ता नम्बर राख्नै बित्तिकै डाउनलोड गर्न सकिन्छ ।
योजना अनुसारनै करिब अढाई घण्टामा १८ किलोमिटर पार गरिसकेको थिए । दौडको रुट पुनः मोसी शहरनै प्रवेश गरिसकेको थियो ।


घाम बेस्सरी चर्किसकेको थियो । पिडौला, घुँडा अनि पैतलाले जवाफ दिन थालिसकेका थिए । शरिरमा भएको ताकत पनि कम भइसकेको थियो ।


अब ३ किलोमिटर मात्र बाँकी भनेर ह्वाट्सअप गु्रपमा म्यासेज गरे । अनि आफ्नो गतिमै दौडन सुरु गरे ।
जब १९ किलोमिटरको माइस्टोन पार गरे । वरिपरि अन्धकार जस्तो लाग्यो । पेटदेखि घाँटीसम्म केही अड्किरहेको जस्तो लाग्यो । पैतला छ कि छैन । खुट्टा सरेको छ कि छैन । वरिपरि कोही मान्छ छन् कि छैनन् । न कसैको आवाज सुने जस्तो लाग्यो । न कोही बेलो जस्तो लाग्यो ।


सायद मान्छेको मष्तिष्क ‘ब्ल्याक आउट’ हुन्छ भनेको यहि होकी जस्तो लाग्छ । हो यहि बेलामा रहेछ, अवचेतन मनले काम गर्ने ।


‘बिशाल अब २ किलोमिटर मात्र बाँकी छ’, झसंग कतैबाट आवाज आएझै भयो । सम्हालिए । दाहिने हातमा बोकिरहेको पानीको दुई घुट्को लिए । लामो श्वास लिए ।


‘१९ किलोमिटर त पार गरिसकिस्, अब २ किलोमिटर मात्र बाँकी छ । अब आएर तैले हिम्मत हार्नु हुँदैन ।’, हिम्मत त आफुले आफैलाई दिनुपर्ने रहेछ ।


चर्किरहेको घाम, पसिनाले निथ्रुक्क भिजेको शरिर अनि असह्य तरिकाले दुखिरहेको खुट्टा र पिडौंला । चुनौति दिँदै पुनः दौडलाई जारी राखे । म जस्तै अरु पनि जसोतसो लक्ष्यमा पुग्ने कोशिशमा दौडिरहेका थिए ।
फिनिस लाइन पुग्न लाग्दा मेडल लगाएर फर्कदै गरेका धावकहरु देखेर भने आनन्द आयो ।


अबको १० मिनेटमा त मेरो घाँटीमा पनि मेडल हुनेछ । त्यही मेडल जसका लागि मैले जीवनमा पहिलो पटक दौड प्रतियोगितामा भाग लिने निर्णय गरे ।


‘अब मैले पनि किलि म्याराथनमा २१ किलोमटिर दौँडेको हुँ भनेर गर्व गर्न पाउँनेछु ।’ मन झनै रोमान्चित भयो । पाइलाहरु हलुका भए ।


मोसि कोअपरेटिभ विश्वविद्यालयको चौरमा फिनिस लाइन बनाइएको थियो । रंगशालाको गेटमा छिर्ने बित्तिकै मानिसहरुले तालि बजाएर हौसला बढाए ।


फुल र हाफ म्याराथनका लागि छुट्टाछुट्टै फिनिस लाइन थियो । सयौंको संख्यामा सुरक्षाकर्मी र स्वयंमसेवकहरु खटिएका थिए । मैले पनि फिनिस लाइन टच गरे । एक महिला स्वयमंसेवकले हातमा मेडल थमाइदिइन र अर्का स्व्यवम्सेवकले चौरमा बसालेर खुट्टामा मल्हम र स्पे्रे लगाइदिए ।


म भन्दा अगाडिनै हाफ म्याराथन पुरा गरिसकेका मेरा सहकर्मीहरुले मेरो पनि हुटिंग गर्दा ठुलै आनन्द लाग्यो । म भन्दा पछि मेरा कार्यालयका ५ जना साथीहरुले दौड पुरा गरे । हाम्रो कार्यालयबाट ११ जनाले हाफ म्याराथनमा भाग लिएका थियौ । जसमध्ये मैले छैठौं नम्बरमा दौड पुरा गरेको रहेछु । बडो आनन्द लाग्यो ।


झुक्किएर पनि दौडमा सहभागी नभएको म, अफ्रिकामा आएर २१ किलोमिटरको दौड, ३ घण्टा ९ मिनेटमा पुरा गरेछु । मैले अन्दाज गरेको ३ देखि साढे ३ घण्टाको समयसीमा भित्र ।


यो मैले भाग लिएको पहिलो म्याराथन थियो, अनि पुरा परेको पनि पहिलो । तर यो प्रतियोगिताले मलाई दुईवटा कुरा सिकाएको छ । पहिलो, अफ्रिकामा म्याराथन मात्र एक खेल होइन, यो एउटा पर्व हो । दोस्रो, कुनैपनि कुरा तबसम्म असम्भव रहेछ जबसम्म त्यसलाई सम्भव बनाउने कोशिस नगरिने रहेछ ।


अब नेपालगन्ज म्याराथन दौडने चाहना छ ।


¬लेखक पुर्वी अफ्रिकि मुलुक तान्जानियामा कार्यरत छन् ।

कोहलपुर गोल्ड कप फुटबल: मौसमले रोक्यो खेल

बाँकेको कोहलपुरमा जारी कोहलपुर गोल्डकप फुटबलको दोस्रो खेल आइतवार साहारा क्लब भारत र ब्वाइज यूनियनक्लब काठमाडौंबीच भएको छ ।


कोहलपुरको १३ बिगाहामा साहारा क्लब भारत र ब्वाइज यूनियन काठमाडौ बिच भएको खेल बराबरीमा सकिए पछि निर्णायक खेलका लागि मौसम बाधक बनेको छ ।


खेलको शुरुमै एक गोल गरेर प्रतिष्पर्धात्मक बनाएको सहारालाई अन्तिम समयमा काठमाडौंले गोल फिर्ता गरेपछि खेलमा बराबरीको अवस्था बनको हो ।


आयोजक रेसिङ्ग साहारा क्लबका टिम प्रशिक्षक जनक केसीका अनुसार, खेलको अन्तिम समयमा पानी परेकाले निर्णयार्थ ट्राइबेकर खेल सोमबार बिहान गरिनेछ । ‘मौसमले मैदानमा केही क्षति पु¥याएकाले बिहान आवश्यक निर्णय लिइनेछ,’ प्रशिक्षक केसीले दैनिक नेपालगन्जसँग भने ।


सोमवार हुने खेल हिमालयन शेर्पा र नवलपरासीबीच हुने तालिकामा उल्लेख छ । शनिवार पहिलो खेल आयोजक रेसिङ साहारा कोहलपुर र कपिलवस्तुबीच भएको थियो ।

उद्घाटन खेलबाट निकै फितलो प्रदर्शन गरेर कपिलवस्तुका खेलाडी घर फर्किएका छन् भने आयोजक कोहलपुर सेमिफाइलनको तयारीमा जुटेको छ ।

नेपालगन्ज– १८ मा थप २७० मीटर अस्फाल्ट

सडक निर्माण र स्तरोन्नतीमा निरन्तर अग्रसर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले आइतवार २७० मीटर सडक अस्फाल्ट कालोपत्रे कार्य पुरा गरेको जनाएको छ ।


वडाध्यक्ष दीपककुमार बर्माले वडाभित्र आफ्ना घोषित योजनाका कालो पत्रे सडक निर्माणका योजना कार्यान्वयन गर्ने क्रममा दुई हप्ता नबित्दै थप अर्को अस्फाल्ट सडक कालो पत्रे निर्माण पुरा गरेको बताए ।


नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ मा रहेको भाटभटेनी देखि पश्चिम तर्फ श्रीनगर टोलमा स्थानीय तहको बजेटबाट रु ४० लाख ५६ हजार रुपियाको लागतमा २७० मीटर अस्फाल्ट कालो पत्रे सडक निर्माण सम्पन्न हो ।


वडाध्यक्ष बर्माले चालु आर्थिक बर्षमा हालसम्म आफ्नो वडामा १२ वटा सडक निर्माण पुरा भइसकेको जानकारी दिंदै भने, ‘३ वटा टोलका थप सडक कालो पत्रे, पी.सी.सी तथा आर सी सी नाला सहित माटो ग्राबेलका काम भइरहेका छन् ।’


वडाध्यक्षमा दोस्रो कार्यकाल जिम्मेवारी पाएका वडाध्यक्ष बर्माले पहिलो कार्यकालमा पूर्वाधारका निकै काम गरिहेको दावी गर्दै बाँकी काम चालु कार्यकालमा पुरा गर्न बताए ।

‘यसपटक पूर्वाधारसँगै शिक्षा, कृषि, स्वास्थ्यमा फोकस गरिंदैछ,’ वडाध्यक्ष बर्माले पत्रकारहरुसँग भने, ‘बिपन्न बस्तीमा धारा जडान, सोलार जडानदेखि मन्दिर, मदरसा तथा श्मशानघाट निर्माणमा पनि ध्यान दिइएको छ ।’ उनले युवा लक्षित साइबर क्राइम सचेतना कार्यक्रम अघि सारिहेको पनि जानकारी दिएका छन् ।

थपुवामा लाइफलाइनको उपचार शिविर

लाइफलाइन जनरल हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा छाना कृषि सहकारी संस्था लिमिटेडले नेपालगन्ज– २० थपुवामा प्राथमिक उपचार शिविर सन्चालन गरेको छ ।

शनिवार गरिएको शिविरबाट १ सय ९६ जनाले सेवा लिएका छन । शिविरमा लाइफलाइन जनरल हस्पिटल नेपालगन्जका जनरल फिजिसियन डा. पारस श्रेष्ठ र क्रिष्टिना नामोक श्रेष्ठले उपचार सेवा प्रदान गरे ।

वडा नम्बर २० मा पनि विकट मानिने क्षेत्रमा गरिएको स्वास्थ्य शिविरमा सेवा लिन आउनेहरुमा डाडहरु दुख्ने , सुगर प्रेसरका विरामिहरु, छालाका विरामि, पाठेघर सम्बन्धि समस्या भएका, नाक कान घाँटीका समस्या भएका विरामीहरु रहेको छाना कृषि सहकारी संस्थाका अध्यक्ष अनिता भण्डारीले जानकारी दिइन् । सहकारी र लाइफलाइन जनरल हस्पिटलका कारण आफुहरुले घरदैलो मै स्वास्थ्य सेवा लिन पाएको भन्दै खुशी व्यक्त गरे ।

भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख समेत रहेका फिजिसियन डा. पारस श्रेष्ठले पाठेघर सम्बन्धि समस्या भएका विरामी, नाक, कान, घाटि सम्बन्धि समस्या भएकाहरुलाई अस्पतालमा रिफर गरिएको बताए । अन्य सामान्य समस्या भएकाहरुलाई लाइफलाइन हस्पिटलले औषधि समेत निशुल्क वितरण गरेको थियो ।

न्यायाधीश भन्छन्, ‘न्यायका सवालमा सबैभन्दा पूण्य काम’

वडास्तरमै मेलमिलाप केन्द्र गठन गर्दै कोहलपुर


कोहलपुरमा मेलमिलाप सम्वन्धि ४८ घण्टे आधारभूत तालिम सञ्चालन गरिएको छ । आधारभूत तालिमपछि सबै वडामा मेलमिलाप केन्द्र गठन गरिने कोहलपुर नगरपालिकाको योजना छ ।


आठ दिनसम्म चल्ने तालिमको आइतवार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले उद्घाटन गरे ।


न्यायाधीश ज्ञवालीले कार्यक्रममा मेलमिलाप विवाद समाधानको सबैभन्दा उपयोगी विधि भएको बताए । कोहलपुर नगरपालिका न्यायिक समितिको आयोजना तथा नेपाल महिला न्यायाधीश मञ्चको सहजीकरणमा शुरु भएको तालिम उद्घाटनमा न्यायाधीश ज्ञवालीले अदालतबाट हुने न्याय निरुपण एउटाले जित्ने र अर्कोले हार्ने हुने भएपनि मेलमिलापको विधि भने दुवैका लागि जित जित हुने बताए ।


न्यायालयमा आफ्नो अनुभवका आधारमा विवाद समाधानमा मेलमिलापको विधि सबैभन्दा दीर्घकालीन र उपयोगी भएको भन्दै न्यायाधीश ज्ञवालीले पछिल्लो समय संसारभरी न्याय निरुपणमा अहिले मेलमिलाप विधिको अभ्यास भइरहेको बताए । उनले मेलमिलापका माध्यमबाट विवाद समाधान गर्ने काम न्यायका सवालमा सबैभन्दा पूण्य काम भएको धारणा राखे ।


कार्यक्रममा कोहलपुर नगरपालिकाका न्यायिक समितिका संयोजकसमेत रहेकी नगर उप–प्रमुख संगीता सुवेदीले संबिधानले व्यवस्था गरे अनुसार आफूहरुले स्थानीय स्तरका विवादहरु मेलमिलापका माध्यमबाट टुंग्याउने गरिएको जानकारी दिइन् ।

मेलमिलाप सम्वन्धि आठ दिवसीय आधारभूत तालिमपछि सबै वडामा मेलमिलाप केन्द्र गठन गरिने पनि संयोजक सुवेदीले जानकारी दिइन् । वडामा आएका विवादहरु सकेसम्म वडामै समाधान होस् भन्ने हेतुले मेलमिलापकर्ताहरुलाई तालिम दिन लागिएको पनि उनको भनाइ छ ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले स्थानीय तहको न्याय सम्पादनमा सहजता ल्याउन तालिम आयोजना गरिएको जानकारी दिए । उनले यो तालिमपछि सबै वडामा मेलमिलापकर्ताहरु नियुक्त गरिने जानकारी दिए । नगरपालिकाका अनुसार, ८ दिनसम्म चल्ने तालिममा १५ वडाबाट २/२ जना सहभागी छन् ।

नेपाल महिला न्यायाधीश मञ्चका सहजकर्ता सीता अधिकारी र देवीराम भण्डारीले सहजीकरण गरिरहेका छन् ।

बालमन्दिरमा रोटरीको सहयोग

रोटरी क्लब अफ सेन्ट्रल बाँकेले नेपालगन्जस्थित बालमन्दिर प्राथमिक विद्यालयलाई विभिन्न आवश्यक सामाग्री प्रदान गरेको जनाएको छ ।


क्लबका चार्टड प्रेसिडेन्ट डा. कुमार शान शाह, प्रेसिडेन्ट इलेक्ट किशोर कृष्ण भण्डारी लगायतका विभिन्न पदाधिकारीहरुले बालमन्दिर व्यवस्थापन समितिका अध्यक्ष दत्त प्रसाद आचार्यलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।


क्लबका पब्लिक रिलेशन चियर बिधान न्यौपानेले दिएको जानकारी अनुसार, जोइन्ट सेक्रेटरी बसन्त थापा, सर्भिस प्रोजेक्ट चियर बिमल कुमार कार्की, डा. नबिन बुढाथोकी, रोटरी क्लब सम्बद्ध अष्ट्रेलियन नागरिक म्याथ्यु सोफ्रालगायतको सहभागितामा कार्यक्रम गरिएको थियो ।


बालमन्दिरका लागि वाटर गार्ड फिल्टर, कलर प्रिन्टर, साउण्ड सिम्टम, विद्यार्थीका लागि आवश्यक झोला, पिङ्ग सहयोग गरिएको न्यौपानेले जानकारी दिए । रोटरीले हालैमात्र बाँके, बर्दिया र कैलालीका विभिन्न ठाउँमा बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । त्यसका लागि २८ जना अष्ट्रेलियन रोटरियनको सक्रिय भूमिका रहेको न्यौपानेले बताए ।

आँखा जचाऔं, आँखा जोगाऔं

अन्धोपनको कारण बन्दै जलविन्दु

नियमित आँखा परीक्षणको सचेतनाका लागि शनिवार नेपालगन्जमा र्याली गरिएको छ । विश्व जलविन्दु सप्ताहको अन्तिम दिन नेपालगन्जमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका लागि आमनागरिकमा सचेतना जरुरी रहेको अन्धोपनबाट जोगिन नियमितरुपमा आँखाको परीक्षण गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

भिजन आँखा अस्पतालले आयोजना गरेको कार्यक्रममा प्रायजसो ४० वर्ष पूरा भएपछि देखापर्ने जलविन्दु बेलैमा चेकजाँच गरिए निको हुने जानकारी चिकित्सकहरुले दिए । उनीहरुले नियमित आँखा जाँच गरेमा रोगको सङ्क्रमण देखिए पनि समयमै उपचार गरेमा निको हुने सुझाव कार्यक्रममा दिए ।

र्यालीपछिको कार्यक्रममा नेत्ररोग विशेषज्ञ डा. प्रचण्ड गौतमले जलविन्दुलाई अन्धोपनको प्रमुख कारण भएको बताए । ‘जलविन्दु भएपछि करिब १० प्रतिशतलाई आजीवन अन्धोपन हुनसक्छ,’ डा. गौतमले भने, ‘जलविन्दु जसलाई पनि हुन सक्ने भएकाले नियमित आँखा स्वास्थ्य परीक्षण गर्न अनिवार्य छ ।’

प्रत्येक वर्ष कम्तिमा एक पटक आँखाको परीक्षण गरेर जलविन्दु लगायत अन्य रोगको सङ्क्रमणबाट बच्न सजिलो हुने डा. गौतमको भनाइ छ ।

कार्यक्रममा भेरी अस्पतालका चिकित्सक डा. दिक्षा बोहराले जलविन्दुबाट जोगिन बेलैमा आँखा परीक्षण आवश्यक रहेको जानकारी दिंदै सामाजिक सचेतनाको आवश्यकता औल्याइन् । सानैदेखि हुनसक्ने जलविन्दुले आँखा नदुखाउने भएकाले थाहै नपाएर क्षति गरिरहेको हुनसक्ने भएकाले नियमित परीक्षण आवश्यक भएको डा. बोहराले बताइन् ।

आयोजक भिजन आँखा अस्पतालको वीपीचोक सुर्खेतरोडस्थित कार्यालयबाट सुरु भएको ¥याली गणेशमान चोक, भेरी अस्पताल, त्रिभुवन चोक, बीपी चोक हुँदै पुनः भिजन आँखा अस्पतालमा पुगेर सचेतनासभामा परिणत भएको थियो । कम्युनिटी भिजन केयरका बामदेव सुवेदीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल अध्ययनरत विद्यार्थी, शिक्षक, पत्रकार लगायत सहभागी र्याली जलविन्दु सप्ताहको अन्तिम दिन आम नागरिकमा सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको आयोजक भिजन आँखा अस्पतालका प्रमुख डा. प्रचण्ड गौतमले जानकारी दिए ।

पानी बेचेर देश समृद्ध बनाउने मन्त्रीका योजना

नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री मो.अब्दुल खानले मन्त्रालय सम्हालेपछिका आफ्ना योजना चरणबद्ध रहेको बताएका छन् ।

विदेशीलाई पानी बेचेर देश समृद्ध बनाउने सपना देखेका मन्त्री खानले शनिवार नेपालगन्जका पत्रकारहरुसँग आफ्ना योजना सुनाउँदै ‘पाँच वर्ष टिक्न सकेंभने नेपालको खानेपानी साउदी, दुबई पुर्याएर देश समृद्ध पार्नसक्ने’ बताए ।

देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने औल्याउँदै मन्त्री खानले नेपालका खोला नालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गर्न सकिने धारणासँगै विदेशनै लगेर बेच्न सकिने योजना प्रस्तुत गरेका हुन् ।

‘मिनरलयुक्त स्वच्छ पानी बगिरहेकाले त्यसलाई बजारीकरण गर्न जरुरी छ,’ जनमत पार्टीका युवा नेतामसमेत रहेका मन्त्री खानले आफ्नो पार्टीको नगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भने, ‘हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसकेपनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौ भने हाम्रो देशको हितमा धेरै ठुलो योगदान हुन सक्छ ।’

मन्त्री खानले कुनै विभेद नगरी सबै नागरिकले समानरुपले खानेपानी उपभोग गर्न पाउने अवस्था सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

स्वच्छ र गुणस्तरीय खानेपानी जनताको घरघरमा पु¥याउन नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री खानले सरकारको स्थायीत्वमा प्रश्न नगर्न आग्रह गरे । ‘यो सरकार टिक्छ,’ मन्त्री खानले त्यसो भनिरहँदा आफ्ना योजना भने विभिन्न चरणका सुनाए ।

‘यदि म यो मन्त्रालयमा एकदेखि डेढ वर्षमात्रै वर्ष पाएँ भने काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुँदैन,’ मन्त्री खानले भने, ‘यदि दुई देखि तीन वर्ष बस्न पाएँ भने तराई मधेसका सबै जिल्लामा आर्सेनिक पानी विस्थापित गरेर स्वच्छ खानेपानीको सुनिश्चितता गर्नेछु ।’ पत्रकार भेटघाटको सहजीकरण जनमतका युवा नेता तेजनारायण कंडेलले गरेका थिए ।

नौ करोडबढीको आयोजना उद्घाटन

शनिवारनै मन्त्री खानले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कण्ठीपुरमा नवनिर्मित आलानगर खानेपानी आयोजनाको उद्घाटन गरे ।

नेपाल खानेपानी संस्थान, नेपालगन्ज शाखा अन्तर्गतको आयोजना उद्घाटन गर्दै खानेपानी मन्त्री खानले स्वच्छ, गुणस्तरीय खानेपानी र सरसफाईलाई साझा र प्रमुख लक्ष्य मानेर सरकारले काम गरिरहेको बताए ।

मन्त्री खानले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु नागरिकको मौलिक हक भएको बताउँदै सरकारको स्प्रिरिट अनुसार खानेपानी संस्थानले सकारात्मक पहलकदमी लिइरहेको बताए ।

खानेपानी संस्थान नेपालगन्ज शाखाका प्रशासन प्रमुख बुद्धिप्रकाश केसीका अनुसार, कुल रकम ९ करोड १३ लाख मध्ये ८६ किलोमिटर पाइपलाइन विस्तार, खरिद तथा जडान, ओभरहेड पानी ट्याङ्की, डिप ट्युवेल , कम्पाउन्डर वाल, पम्प अपरेटर भवन, पम्प हाउस लगायतका संरचना आयोजनाका क्रममा निर्माण गरिएको छ ।