बाँकेको कोहलपुरमा जारी कोहलपुर गोल्डकप फुटबलको दोस्रो खेल आइतवार साहारा क्लब भारत र ब्वाइज यूनियनक्लब काठमाडौंबीच भएको छ ।
कोहलपुरको १३ बिगाहामा साहारा क्लब भारत र ब्वाइज यूनियन काठमाडौ बिच भएको खेल बराबरीमा सकिए पछि निर्णायक खेलका लागि मौसम बाधक बनेको छ ।
खेलको शुरुमै एक गोल गरेर प्रतिष्पर्धात्मक बनाएको सहारालाई अन्तिम समयमा काठमाडौंले गोल फिर्ता गरेपछि खेलमा बराबरीको अवस्था बनको हो ।
आयोजक रेसिङ्ग साहारा क्लबका टिम प्रशिक्षक जनक केसीका अनुसार, खेलको अन्तिम समयमा पानी परेकाले निर्णयार्थ ट्राइबेकर खेल सोमबार बिहान गरिनेछ । ‘मौसमले मैदानमा केही क्षति पु¥याएकाले बिहान आवश्यक निर्णय लिइनेछ,’ प्रशिक्षक केसीले दैनिक नेपालगन्जसँग भने ।
सोमवार हुने खेल हिमालयन शेर्पा र नवलपरासीबीच हुने तालिकामा उल्लेख छ । शनिवार पहिलो खेल आयोजक रेसिङ साहारा कोहलपुर र कपिलवस्तुबीच भएको थियो ।
उद्घाटन खेलबाट निकै फितलो प्रदर्शन गरेर कपिलवस्तुका खेलाडी घर फर्किएका छन् भने आयोजक कोहलपुर सेमिफाइलनको तयारीमा जुटेको छ ।