रोटरी क्लब अफ सेन्ट्रल बाँकेले नेपालगन्जस्थित बालमन्दिर प्राथमिक विद्यालयलाई विभिन्न आवश्यक सामाग्री प्रदान गरेको जनाएको छ ।

क्लबका चार्टड प्रेसिडेन्ट डा. कुमार शान शाह, प्रेसिडेन्ट इलेक्ट किशोर कृष्ण भण्डारी लगायतका विभिन्न पदाधिकारीहरुले बालमन्दिर व्यवस्थापन समितिका अध्यक्ष दत्त प्रसाद आचार्यलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।
क्लबका पब्लिक रिलेशन चियर बिधान न्यौपानेले दिएको जानकारी अनुसार, जोइन्ट सेक्रेटरी बसन्त थापा, सर्भिस प्रोजेक्ट चियर बिमल कुमार कार्की, डा. नबिन बुढाथोकी, रोटरी क्लब सम्बद्ध अष्ट्रेलियन नागरिक म्याथ्यु सोफ्रालगायतको सहभागितामा कार्यक्रम गरिएको थियो ।
बालमन्दिरका लागि वाटर गार्ड फिल्टर, कलर प्रिन्टर, साउण्ड सिम्टम, विद्यार्थीका लागि आवश्यक झोला, पिङ्ग सहयोग गरिएको न्यौपानेले जानकारी दिए । रोटरीले हालैमात्र बाँके, बर्दिया र कैलालीका विभिन्न ठाउँमा बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । त्यसका लागि २८ जना अष्ट्रेलियन रोटरियनको सक्रिय भूमिका रहेको न्यौपानेले बताए ।











