स्वास्थ्य सेवाप्रदायक संस्थाहरुको अनुगमन गरिएको छ । समग्रमा सेवाप्रदायक निकायको अवस्था बुझ्नका लागि नै सुचना तथा मानव अधिकार अनुसन्धान केन्द्रको टोलीले अनुगमन गरेको हो ।

कोभिड –१९ का कारण प्रभावित रहेका विभिन्न निकाय मध्ये स्वास्थ्य क्षेत्रको अवस्था के कस्तो रहेकोछ त्यस सम्बन्धी सम्बन्धित सरोकार वाला जानकारी गराउने र कमी कमजोरी सुधार गर्न पहल होस् भन्ने आशयले यो कार्यक्रम बाँके र बर्दिया संचालन रहेको भनी सुचना तथा मानव अधिकार अनुसन्धान केन्द्रको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सुशासन काम गर्दै गरिरहेका रविन्द्र ज्ञवालीले जानकारी गराए । उनले दैनिक नेपालगन्जसंग कुरा गर्दै भने “विशेष गरी हरेक सेवाग्राहीलाई संवैधानिक रुपमा सेवा दिने प्रकया र मापदण्ड तोकिएको हुन्छ । सेवाप्रदायक निकायहरुबाट त्यो अनुसार सेवा प्रदान भयो कि भएन् । केही सुधार गर्नु पर्ने कुराहरु छन् कि ? केही त्रुटीहरु छन् कि भनेर हामी नागरिक समाजको एउटा भुमिका हुन्छ त्यो भुमिका निर्वाह गरेर हामी यस्ता सेवाप्रदायक निकायहरुलाई कसरी चुस्तदुरुस्त र सही हुन सक्छ ।’
संविधानले तोकेका कुराहरु सेवाग्राहीहरुले पाउन सक्ने भनी उहाँहरुसंग हातेमालो गरी भएका कमी कमजोरी सुधार गर्दै लैजानका लागि हामी यस्ता किसिमका बेलाबेलामा सहकार्य गरिरहेको ज्ञवालीको भनाइ छ ।

अनुगमनका क्रममा वडा नं. ४ मा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रको नयाँ भवन भर्यांङ बाहेक अरु केही अपाङता मैत्री नरहेको, बाहिर महिला लेखिएको शौचालय भित्र पुरुषका लागि बनेको जस्ता अवस्था औल्याइएको छ । ‘औषधीहरु प्रयाप्त रहे पनि स्वास्थ्य उपचारका लागि चाहिने आवश्यक स्वास्थ्य उपकरणहरुको कमी रहेको पाइयो,’ अगुगमनमा सहभागी पत्रकार शाहिदा शाहले भनिन्, ‘यहाँ प्रसुतिसेवा पनि नरहेको देखिए तापनि कर्मचारीहरु भने अत्यन्त सहयोगी, मिलनसार भइ सेवा दिइरहेका देखिए ।’
स्वास्थ्य चौकीमा ६ जना कर्मचारी दरबन्दी रहेपनि एक जना प्रमुख, एक जना अनमी एक जना कार्यालय सहयोगी गरी तीन जना महिला स्टाफ रहेका छन् । ‘नियम अनुसार ६ जना कर्मचारी हुनु पर्नेमा तीन जना मात्र रहेकोले व्यस्थापन गर्न गाह्रो हुने गरेको छ,’ स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख पुष्पा खड्काले भनिन् ।
शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवस्था बारे जानकारी दिदैँ अनमी सुहाना निरौला भन्छिन् ‘हामी तीन जना स्टाफ मात्र भए पनि निरन्तर सेवा दिइरहेका छौं । स्टाफको कमीका कारण कुनै कुनै बेला त बिहान ९ बजे देखि साझँ ६/७ बजे सम्म नै खटिनु पर्ने हुन्छ । यहाँ सेवाग्राहीहरुका लागि खाने शुद्ध पानीको व्यवस्था नरहेकोले उनीहरुलाई खानेपानीको समस्या छ ।’
वडा नं. ४ मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधूनिक स्वास्थ्य उपकरण छैन् । फोहोर विस्थापन गर्न खाल्डो खनेर जलाउने बाहेक विकल्प छैन् । प्रसुति कक्ष र उपकरण सहितको प्रसुति सेवा छैन् । नीतिगत व्यवस्था अनुसार कर्मचारी दरबन्दी नरहेकोले सेवाग्राहीहरुलाई सेवा दिन त्यति सहज नदेखिएको अनुगमनमा संलग्नहरुको भनाइ छ ।
अनुगमन टोलीमा पारस्परिक जवाफदेहिता परियोजनाका प्रमुख रविन्द्र ज्ञवाली, पत्रकार राकेश मिश्र, सोही संस्थाकी कार्यसमिति सदस्य अल्का मिश्रा, कर्मचारी सीमा हमाल, पत्रकार रविन्द्र घिमिरे, फातिमा फाउण्डेशन नेपालकी अध्यक्ष मैमुना सिद्दिकी र लेखक शाहिदा शाह सहभागी थिए ।











