विपद कोषमा तिवारीको सहयोग


विपद व्यवस्थापन कोष खजुरामा खजुराका व्यापारी विमल हार्डवेयरका प्रो गोपाल तिवारीले सहयोग गरेका छन् । उनले पालिकामा पुगेर प्रमुख किस्मत कुमार कक्षपतिलाई १० हजार १०१ रुपैयाँँ हस्तान्तरण गरेका हुन् । कोरोना विरुद्ध सहयोग पुर्याउनु उदेश्यले सो रकम प्रदान गरिएको उनले बताए । पालिकाले यसरी विपद कोषमा सहयोग गर्ने तिवारी पहिलो व्यक्ति भएको बाताउँदै व्यवसायीलाइ सहयोगी हात अगाडि बढाउन आग्रह गरिएको खजुरा गाउँपालिका सूचना अधिकृत दिल बहादुर पौडेलले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया