बाँकेको खजुरामा एकैघरका ६ जनालाई झाडाबान्ता लागेकोमा उपचारको क्रममा एकजनाको मृत्यु भएको छ । खजुरा-५ बसन्तपुर ऐलानीका ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको हो ।
आज बिहान सबै परिवारले पुरी तरकारी खाए लगत्तै झाडाबान्ता भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशिल थापाले जानकारी दिएका छन् । मृतकका अन्य परिवारका सदस्यहरु ५५ वर्षिया चौरासीया यादव, २६ वर्षिय भुवन्तु यादव, ३५ वर्षिया जिना यादव, १४ वर्षिय जस्मन यादव र ६ वर्षिय अमृत यादवको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
मृतक सहित बिरामी भएकाहरुलाई फुड प्वाइजन भएको हुनसक्ने थापाले बताए । बिरामी मध्य १४ वर्षिय जस्मन यादवको अवस्था गम्भीर रहेको थापाले जानकारी दिएका छन् ।