७१ औं जन्म दिनमा २५ औं कृति

भीमबहादुर शाहीको पुस्तक ‘धर्मको झोला’ विमोचन


लोकगायक, लेखक, कवि, कानून व्यवसायी भीमबहादुर शाही ‘अशोक’ ले आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर नव प्रकाशित कविता सङ्ग्रहको विमोचन गराएका छन् । शनिवार एक समारोहमा उनको ‘धर्मको झोला’ नामक कविता कृतिको विमोचन बयोवृद्ध साहित्यकार गणेश जीसी र प्रसिद्ध साहित्यकार श्रीमति किरण आचार्यले संयुक्त रुपमा गरेका हुन् ।
यो शाहीको २५ औं कृति हो । सर्वदा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा प्रा. डा. जनार्दन आचार्य, नरहरी नाथ योगी, प्रा. कमान सिंह बोहरा, चरित्रा शाह, खगेन्द्र गिरि कोपिला, नरेन्द्र बहादुर स्वार समेतका वक्ताले शाहीको काव्यिक योगदान बारे चर्चा गरेका थिए ।
साहित्यकार शाहीको हजारीको फूल, आभागिनी आमा, विजया र कान्तावति, डोल्पा दर्पण, शान्ती क्षेत्रभित्रको ज्वाला क्षेत्र प्रकाशित छन् ।
वेदना मनभित्रका, स्वपनावलि, झ्यालबाट बाहिर हेर्दा, मेरो जिन्दगीको पाइला, जोगीको र भोगीको सम्वाद, नेपाल दपर्ण, रासकोटी शहीदहरुको वंशावली पनि कृतिका रुपमा शाहीले प्रकाशित गरिसकेका छन् ।
त्यस्तै बोलीको गोली, सुख सागर, मेरो मानस पटलमा छापिएका कुरा, प्रभाव, छोरो (उपन्यास), मेरो जीवनका पाइला, दोबाटो, नेपाली चण्डी, चाणक्य ज्ञानमाला, इन्जिनियरकी आमा प्रकाशित छन् । शाहीले आफ्ना त्रिखण्डकाव्य (सुन्चरीको कथा, निर्मलाको व्यथा र नलिनाको रमिता) सात समुन्द्र पारी अमेरिकाको यात्रा आदि डेउडा लोकगीत गायक रेडियो नेपाल लगायतका कृति प्रकाशित भइसकेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया