नेपालगन्ज : चम्कदै रंगशाला

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जमा भौतिक पूर्वाधारहरु निर्माण कार्य तिव्र रुपमा भैरहेका छन्

समाचारदाता
दैनिक नेपालगन्ज
आगामी मंसिर तेस्रो साता आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर नेपालगन्जमा भौतिक पूर्वाधार निर्माण कार्य तिव्र रुपमा अगाडि बढेका छन् । त्यसक्रममा बुधबारबाट नेपालगन्ज रंगशाला स्थित कबर्ड हलको स्तरोन्नती कार्य सुरु भएको छ ।

 

२०४२ सालमा निर्माण भएको कबर्ड हलको छाना लगाउने कार्य सकिंदै गर्दा फ्लोरिङ कार्य सुरु गरिएको हो । ‘३१ लाखको लगानीमा कबर्ड हलको छाना आधुनिक बनाइएको छ’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने, ‘अब कबर्ड हलको भूईभाग फ्लोरिङ गर्ने काम सुरु गरियो ।’ अध्यक्ष ओलीका अनुसार, काठको पार्केटिङ गरिएको पुरानो भूई जीर्ण भएकाले राष्ट्रिय खेलकुद परिषद्बाट नयाँ निर्माण गर्न ६० लाख बजेट प्राप्त भएको छ । ‘यसले प्mलोरिङ र विद्युतीकरण कार्य हुनेछ’, ोलीले भने ।
कभर्डहल स्तरोन्नतीका लागि निर्माण उपभोक्ता समिति पनि बनाइएको छ । सरोकारवालाहरुको एउटा भेलाले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व डिष्ट्रिक गभर्नर सेम शाक्यको अध्यक्षतामा समिति बनाइएको हो । समितिमा इश्वर पोखरेल उपाध्यक्ष, डा. राजेश केशर खनाल सचिव र भाष्कर काफ्ले कोषाध्यक्ष छन् । सदस्यहरुमा भीम रानाभाट, किरण आचार्य, डा. अवनिन्द्र मिश्र लगायत रहेका छन् ।
‘शरदचन्द्र शाहका पालामा निर्माण भएको नेपालगन्ज रंगशाला अब पूर्ण रुपमा नयाँ र अत्याधुनिक हुनेछ’, समयमै आठौं राष्ट्रिय खेलकुद आयोजनामा भौतिक पूर्वाधारले बाधा नपरोस् भन्नेमा आफु सचेत रहेको भन्दै अध्यक्ष ओलीले भने । रंगशालामा झण्डै १८ करोडको पौडी पोखरी निर्माण भैरहेको छ । ‘प्याराफिट लगायतको अत्याधुनिक रंगशालाका लागि २४ करोडको टेण्डर आव्हान गरिएको छ’, अध्यक्ष ओलीले भने, ‘ट्रयाक एण्ड फिलका लागि ७ करोडको टेण्डर स्वीकृत भै धमाधम काम भैरहेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया