नेपालगन्ज गोल्डकप : रुपन्देही फाइनलमा, आज संकटा क्लव र सुदूरपश्चिम–११ भिड्दै

खेलका क्रममा बल नियन्त्रणमा लिने प्रयासमा खेलाडी । (तस्वीर : विशाल रानामगर/दैनिक नेपालगन्ज)

समाचारदाता
दैनिक नेपालगन्ज

नेपालगन्ज गोल्डकपको फाइनलमा रुपन्देही–११ ले आफ्नो स्थान सुरक्षित गरेको छ । साविक विजेता लाली रुपन्देही–११ ले आयोजक नेपालगन्ज–११ लाई २ का विरुद्ध गोल गोलले पराजित गरेको हो । सुरुदेखि नै दबाबमा राखेको रुपन्देहीले खेलको १५ मिनेटमा फोनाको गोलले अग्रता हासिल गर्यो । लगत्तै २१ मिनेटमा स्याला र २२ मिनेटमा ग्लोरी जोनको गोलले अझ अग्रता बढाएको थियो । मध्यान्तरपछि भने नेपालगन्ज सम्हालिंदै आक्रमक रुपमा प्रस्तुत भयो । दोस्रो हाफको सुरुवातमै नेपालगन्जका कर्ण लिम्बुले गोल गरेर टीमको हौसला बढाए । त्यसको लगत्तै नेपालगन्जका किपर प्रितम खड्काले रुपन्देहीका ग्लोरीलाई फाउल गरेपछि पेनाल्टी दिइएको थियो । त्यसलाई रुपन्देहीका जनक कार्कीले गोलमा परिणत गरे ।


४–१ गोलले पछि परेपछि नेपालगन्ज अझ आक्रमण रुपमा प्रस्तुत भयो । नेपालको राष्ट्रिय टीमबाट खेलिसकेका कर्ण लिम्बुलाई खेलाएको नेपालगन्जले केही राम्रा अवसरहरु सिर्जना गरेको ग¥यो । यही बीचमा नेपालगन्जका विभुषण केसीले सुन्दर गोल गरे । ४–२ को अग्रता भएपछि रुपन्देही रक्षात्मक खेलेको थियो । नेपालगन्जले गोल गर्ने अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलमा म्यान अफ म्याच रुपन्देहीका ग्लोरी जोन भए । उनलाई दुग्गड ग्रुपका जनरल म्यानेजर प्रदीप छाछेडले मोबाइल हस्तान्तरण गरे ।


नेपालगञ्जका प्रशिक्षक युवराज शाहीले तालमेल नहुँदा पराजित हुन पुगेको बताए । ‘अपेक्षा अनुसारको प्रदर्शन हुन सकेन । पहिलाको भन्दा त हामीले राम्रो ग¥यौ । तर, आगामी सिजनमा हामीले पूर्व तयारी गरेर टीम उतार्छौ । किपर र रक्षापंक्तिका खेलाडीका बीचमा तालमेल नहुँदा पहिलो गोल खायौ र त्यसपछि मनोबल अलिकति गिरेको पाए’, शाहीले भने ।

रुपन्देहीका प्रशिक्षक पुकार गहतराजले आफूहरुले अवसरलाई गोलमा परिणत गर्न सक्दा विजयी भएको बताए । दोस्रो हाफमा तत्कालै गोल खादा टोली हतारिदा दोस्रो गोल खाएको गहतराजले बताए । उनले फाइनलमा अगाडिको लाइन सुधार गर्ने बताए । कप्तान सुजित गुरुङले साविक विजेता भएकाले उपाधि जित्न प्रेसर बढेको बताए । बिहीबार दोस्रो सेमिफाइनलमा सीएमजी संकटा क्लव र सुदूरपश्चिम–११ का बीचमा हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया