नेपालगन्ज गोल्डकप : आज नेपालगन्ज–११ र लाली भिड्दै

सुदुरपश्चिम सेमिफाइनलमा

समाचारदाता
दैनिक नेपालगन्ज
सुदूरपश्चिम–११ नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार भएको प्रतिस्पर्धा खेलमा सरस्वती क्लबलाई एक गोल अन्तरले हराउँदै सुदुरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम गोल्ड कप पहिलो संस्करणको विजेता समेत हो ।
प्रतिस्र्धात्मक खेलमा निर्धारित समयसम्म दुवै तर्फबाट ४/४ गोल गरेपछि प्रतियोगिताको निर्णय टाइब्रेकरमा भएको थियो । ट्राइबेकरमा सरस्वतीलाई ८–७ गोल पाखा लगाउँदै सुदूरपश्चिम उक्लन सफल भएको हो । सुदूरपश्चिमका चेतन चौधरी, नरेन्द्र चौधरी, विजय सिंह, माधव भण्डारी, विनोद केसी, जीवन चौधरी, रंगोल चौधरी र भगेन्द्र चौधरीले गोल गरेका थिए ।

 
सरस्वतीका योघु सिल्वालले पेनाल्टीमा गोल गर्न नसकेपछि टीम बाहिरिएको थियो । त्यसअघि सविन खड्का, राज शाही, आशिष श्रेष्ठ, क्रिस अरमोडु, मार्बल सुनुवार, रोशन गुरुंग र तेजबहादुर बुढाथोकीले गोल गरेका थिए ।
खेल शुरु भएको ११ मिनेटमै विनोदले सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । सरस्वतीका क्रिस अरमोडुले ३९ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा सरस्वती ३–१ गोलले पछि परेको थियो । पहिलो हाफको पाँच मिनेट थपिएको अतिरिक्त समयको ४३ र ४४ मिनेटमा सुदूरपश्चिमका विनोदले दुई गोल गरेर ह्याट्रिक पूरा गरेका थिए ।

 
मध्यान्तरलगत्तै सुदूरपश्चिमका जीवन चौधरीले गोल गरेर ४–१ को नतिजा पु¥याएका थिए । तर, त्यसपछि सरस्वती खेलमा फर्कियो । क्रिसले ६१ र ७२ मिनेटमा गोल ह्याट्रिक पूरा गरेका थिए । खेल सकिन केही समय बाँकी रहेका बेला सरस्वतीले पेनाल्टी पाएको थियो । त्यसलाई आशिष श्रेष्ठले गोलमा परिणत गरेका थिए । ८७ औं मिनेटको गोलपछि खेल बराबरीमा टुंगिएको थियो ।

 
खेलको उत्कृष्ट खेलाडी भने सरस्वतीका क्रिस भए । उनलाई पुरस्कार स्वरुप एक थान मोबाइल यति सिमेन्टका प्रवन्ध निर्देशक सञ्जय अग्रवालले हस्तान्तरण गरेका थिए । सरस्वतीका प्रशिक्षक कृष्णगोपाल श्रेष्ठले सुरुदेखि नै पछि परेपनि आक्रमक खेल खेल्दा निर्धारित समयमा बराबरी गोल गर्न सकेको बताए । पहिलो हाफमा पाएको धेरै अवसरहरु खेर जादा टोली बाहिरिएको बताए । ४–१ गोलको नतिजालाई उल्टाउन सक्नु ठूलो कुरा भएको श्रेष्ठले बताए । कप्तान राज शाहीले उत्कृष्ट पुनरागमन भएपनि हार्नु परेको बताए ।

 
सुदूरपश्चिमका व्यवस्थापक अनिल के कठायतले धेरै खेलाडी बाहिर रहेकाले नयाँलाई राख्दा तालमेल मिल्न नसकेपनि जित्न सफल भएको छ । उनले अग्रतालाई जोगाई राख्न नसक्दा नतिजा अन्तिमतिर पुगेको बताए । कप्तान चेतन चौधरीले अग्रता भएपनि अन्तिममा दबाबमा पर्दा निर्धारित समयमा खेल बराबरी बताए । उनले फाइनल नै जित्ने गरी आएको बताए । आज बुधबार पहिलो सेमिफाइनल आयोजक नेपालगन्ज–११ र लाली रुपन्देही–११ का बीचमा हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया