नेपालगन्जमा जारी अन्तरविद्यालय मेयरकप छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तरगत पशुपति मावि रांझा, भु.पु.सैनिक, नेपालगंज मोडेल र जनज्योति विजयी भएका छन् ।
सोमवार विहान सम्पन्न यु–१४ तर्फ पशुपति माविले रांझाले दिप ज्योतिलाई टाईब्रेकरमा २ को विरुद्ध ४ गोलले पराजित गर्न सफल भयो । निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकि खेल बराबरीमा पुगेपछि नतिजाको लागि टाईब्रेकरमा कुर्नु प¥यो । टाईब्रेकरमा पशुपतिका खेलाडीहरुले ४ गोल गरे भने दिपज्योतिका खेलाडीले २ गोल मात्र गर्न सके दोश्रो खेलमा भु.पु. सैनिकले वेस्टजोनलाई १ का विरुद्ध ४ गोलले पराजित ग¥यो ।
भु.पु. सैनिकको तर्फबाट प्रवीन थापा क्षेत्रीले हैट्रिक ३ गोल तथा नितिन रावतले १ गोल गरेका थिए भने वेस्टजोनका हिकमत सावतले १ मात्र गोल गरेका थिए । दिउँसो भएको सिनियर खेल तर्फ नेपालगंज मोडेल एकाडेमीले दिपज्योति चिसापानीलाई ३–० ले हरायो । नेपालगंज मोडेलका एलिस सुनार, किस्मत सुनार र किरण ओलीले क्रमस १÷१ गोल गरेका थिए । दोश्रो खेलमा जन ज्योति कोहलपुरले पुशपतिलाई ४–३ ले पराजित गर¥यो ।
जन ज्योतिका रंजन राणा, दान बाहदुर बीसी, इश्वर घर्ती र सरोज थारुले १÷१ गोल गरेका थिए भने पशुपतिका अमित शाहीले २ तथा विवेक खत्रीले १ गोल गरेका थिए बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहानगरपालिकाको सयुक्त आयोजनामा भएको खेलमा १४ बर्ष मुनि र १६ बर्ष मुनि ब्वायज तथा १६ बर्ष मुनिको गर्ल्स गरि ३ वटा विधामा प्रतिस्पर्धा भई रहेको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका छन् । यु–१४ ब्वायजमा जम्मा १६ विद्यालयका टिमले सहभागिता जनाएका छन् भने यु–१६ ब्वायज टिममा १४ विद्यालयका टिमले सहभागिता जनाएका छन् । त्यसै गरि यु–१६ गर्ल्समा ४ विद्यालयका टिमले सहभागिता जनाएका छन् ।