बाँकेको खजुरा क्षेत्रमा भोलि विहीवार देखि ईशाका रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ । गतबर्ष प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको ईशाकाले आफ्नै खर्चमा प्रतियोगिता तयारी गरेको जनाएको छ ।
खजुरा क्षेत्रका संस्थागत बिद्यालयहरुको संगठन, ईशाकाको आयोजनामा विहीवारदेखि खजुराको शुक्र मा.बि. खेल मैदानमा प्रतियोगिता संचालन हुने लागेको हो । मंगलबार आयोजक संस्था, ईशाकाका अध्यक्ष सतिश निरौलाले नेपालगन्जमा पत्रकार सम्मेलन गरि प्रतियोगिता तयारी सकिएको जानकारी दिए । अघिल्लो वर्ष १५ विद्यालय सहभागी ईशाका रनिंग शिल्डमा यसबर्ष खजुरा क्षेत्रका १६ बिद्यालयका करिब ५ सय छात्र छात्राहरुले भाग लिने आयोजकको अनुमान छ । विभिन्न इभेन्टका खेलमा २ सय बढी मेडलका लागि उनीहरु स्पर्धा गर्नेछन् ।
म्यूजिकल चियर रेस देखि कपर्दी, भलिबल र एथ्लेटिक्स लगायतका खेलमा माध्यामिक र आधारभूत तहका छात्राछात्र बीच प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताले आगामी बर्ष नेपालगन्जमा आयोजना हुने आठौं राष्टिूय प्रतियोगितालाई सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रतियोगिताको मा.बि. तर्फको उपाधी जित्ने बिद्यालयले नगद १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ७ हजार र सान्त्वना हुनेले ३ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरि प्रतियोगिताको आधारभूत तर्फको उपाधी जित्ने बिद्यालयले नगद १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार प्राप्त गर्नेछ । प्रतियोगिताका लागि ५ लाख बढी खर्च अनुमान गरिएको अध्यक्ष निरौलाले बताए । पहिलो संस्करणको उपाधी सितापुरको ध्रुवतारा बिद्या मन्दिरले जितेको थियो । मंगलवार तयारी सकिएको जानकारी दिन ईशाकाले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्ड मार्शल राजेन्द्र आचार्य, खेलकूद व्यवस्थापन संयोजक डिबी तामांग, आर्थिक संयोजक खेम शर्मा र मूल समिति सदस्य दिनेश शर्मा सहभागी थिए ।