कबड्डी प्रतियोगिताको उपाधि आर्मी क्लवलाई

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधी त्रिभुुवन आर्मी क्लबले जितेको छ । पुरुष र महिला दुबै तर्फको उपाधी त्रिभुवन आर्मीले चुमेको हो । बिहीबार सम्पन्न पुरुष तर्फको फाइनल खेल त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल बिच भएको थियो । फाइनल खेलमा आर्मीले पश्चिमाञ्चललाई २५ का विरुद्ध ३९ अंक ल्याएर कबड्डी च्याम्पियनसिपको उपाधी चुमेको हो । पुरुष तर्फको प्रतियोगितामा पश्चिमाञ्चलले दोस्रो स्थान हात पारेको छ ।

 

यसैगरि महिला तर्फको कबड्डी च्याम्पियनसिपको उपाधी पनि त्रिभुवन आर्मीले हात पारेको छ । महिला तर्फको फाइनल खेलमा त्रिभुवन आर्मी र सुदुरपश्चिमाञ्चल भिडेका थिए । सुदुरपश्चिमाञ्चललाई २२ का विरुद्ध ३९ अंक ल्याएर त्रिभुवन आर्मी क्लबले महिला तर्फको च्याम्पियनसिप उपाधी चुमेको हो । उपाधी बिजेता र उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशवकुमार विष्टले ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए ।
राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत २२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगिता बर्दियाको ठाकुरबाबा नगरपालिका १, भुरीगाउँको सिहंवाहिनी खेल मैदानमा भएको थियो ।

 

 

खेलमा उत्कृष्ट खेलाडीको उपाधी महिला तर्फ नेपाली सेनाकी मेनुका राजवंशी र पुरुष तर्फ पनि नेपाली सेनाकै नागेश्वर थारुले हात पारेका छन् । उनीहरु दुवैले नगद रु १५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा पुरुष तर्फ २ वटा विभागीय टोली सहित पाँच विकास क्षेत्रका गरी ७ टिम र महिला तर्फ ३ वटा विभागीय टोली सहित ५ विकास क्षेत्रका गरी ८ टिमको सहभागिता रहेको थियो ।

 
पुस २४ गते देखि सुरु भएको अखिल नेपाल कबड्डी संघले आयोजना गरेको प्रतियोगितामा पाँच विकास क्षेत्रका महिला र पुरुष गरि ५/५ टिम, आर्मी क्लव, सशस्त्र प्रहरी र नेपाल प्रहरी ३/३ वटा विभागिय टिम गरि ८/८ वटा टिम सहभागी रहेका थिए । गत सोमबार देखि संचालित राष्ट्रिय कबड्डी प्रतियोगिता पुरुषतर्फ २२ औँ र महिलातर्फ १७ औँ संस्करण हो ।

प्रतिक्रिया

प्रतिक्रिया