नेपालगन्जको फुटबल इतिहासमा गौरवमय आयोजनाका रुपमा स्थापितका चरणमा रहेको नेपालगन्ज गोल्ड कपको तेस्रो संस्करणलाई समयमै गरिने भएको छ ।
बाके जिल्ला फुटबल संघले ठूलो लगानी जुटाएर आयोजना गर्दै आएको नेपालगन्ज गोल्ड कपलाई समयमै आयोजनाको प्रतिबद्धता जनाइएको हो । ‘मुख्य प्रायोजक देखि ३ जना प्रायोजकसम्म तयार भैसकेकाले आयोजनाका लागि ठूलो आधार तयार भैसकेको छ’, संघको आगामी कार्यकालका लागि पनि अध्यक्ष चुनिएपछि भोजराज शाहीले दैनिक नेपालगन्जस“ग भने, ‘अब गोल्डकपको निरन्तरतामा शंका रहेन ।’ उनले तेस्रो संस्करणको तयारी आफुले अगाडी बढाइसकेको पनि बताए ।
नेपालगन्जलाई खेलकुद हबका रुपमा विकास गर्न आफ्नो नेतृत्वले आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको भन्दै बाके जिल्ला फुटबल संघका नवनिर्वाचित अध्यक्ष शाहीले ‘चुनौति र गौरव’ का रुपमा रहेको नेपालगन्ज गोल्डकप लाई साझा आयोजनाका रुपमा लैजान आफु तयार रहेको बताए ।
नेपालगन्ज गोल्डकपलाई आठांै राष्ट्रिय खेलकुद प्रतियोगिताको महत्वपूर्ण जगका रुपमा पनि लिइएको छ । ‘नेपालगन्ज गोल्डकप, प्रधानमन्त्री कप भलिबल र नेपाल पिस म्याराथन जस्ता राष्ट्रिय आयोजनाले नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता ल्याउन सम्भव भयो’, मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले शाही नेतृत्वको उच्च प्रशंसा गर्दै भने, ‘तेस्रो संस्करण भव्य ढंगले गर्नुस्, चौथोका लागि राष्ट्रिय खेलकुद परिषद्बाटै आठौंको तालिका भित्र पार्ने प्रयास गर्नेछु ।’ ‘नेपालगन्ज गोल्ड कपको चौथो संस्करणलाई आठौं राष्ट्रिय खेलकुदको बास्केट भित्र हालेर आयोजना गर्ने गरी समन्वय सुरु गरौं’, ओलीले आश्वस्त पार्दै भने ।
सोमबार बाके जिल्ला फुटबल संघको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै एन्फाका केन्द्रीय सदस्य गणेश चन्दले नेपालगन्ज गोल्ड कपले छोटो समयमा राष्ट्रिय आकार र आकर्षण ग्रहण गरेको बताए । कार्यक्रममा अर्का केन्द्रीय सदस्य प्रदेश सिंह राठौरले नेपालगन्ज गोल्ड कपका लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरे । क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक जयन्तकुमार शर्मा, खेलकुद पत्रकार मञ्चका अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बा“केका पूर्व अध्यक्ष निरज गौतम, रेडक्रसका अध्यक्ष गोबद्र्धन सिंह सम्झना लगायतले बाके जिल्ला फुटबल संघको सक्रियता र नेपालगन्ज गोल्ड कपको निरन्तरता बारे खुलेर प्रशंसा गरेका थिए ।
फुटबल संघमा शाहीकै नेतृत्व
बाके जिल्ला फुटबल संघको आगामी चार बर्षे कार्यकालका लागि पनि भोजराज शाहीले नेतृत्व पाएका छन् । सोमबार भएको संघको जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा नया“ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा निजामुद्दिन सिद्दिकी, नागिन देवी श्रेष्ठ, मोहन सिंह थापा मगर चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा गोबर्धन सिंह सम्झना, प्रदेश सिंह राठौर, सानु तामांग, चिम बहादुर घर्ति, केशव बहादुर राना, कृपाल देव गिरि, दिप बहादुर महतारा, जनक के. सी., टोपेन्द्र खत्री छन् । सम्झना र राठौर केन्द्रीय समितिमा समेत प्रतिनिधित्व गर्छन् ।
‘नेपालगन्ज गोल्ड कपलाई प्रभावकारी ढंगले सफल बनाउन संघको नेतृत्वलाई निरन्तरता दिने र राठौर तथा सम्झना जस्ता केन्द्रीय व्यक्तित्वहरुलाई समेत कार्यसमितिमा राखिएको’ सम्बद्धको भनाइ छ । संघमा महासचिव हुदै यसअघिको कार्यकाल सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेका शाहीको नेतृत्वमा राठौर लगायतको नजिकको साथबाट नेपालगन्ज गोल्ड कपका दुई संस्करण सफलतापूर्वक आयोजना गरिएका छन् ।
ओशोनिक क्लबका अध्यक्षका रुपमा बाकेको फुटबल विकासलाई गाउ“तहसम्म पुर्याउन क्रियाशिल रहेका शाही संघको नेतृत्वमा आएपछि उत्साहजनक परिवर्तन सम्भव भएको हो । ‘क्लब व्यवस्थापन गरेर अगाडी बढ्नु मेरो लागि चुनौतिको विषय थियो’, ४२ वटा क्लबबाट अध्यक्ष चुनिएका शाहीले सोमबार नेतृत्व सम्हालिरह“दा १४ वटा मात्र क्लब साथमा
थिए ।
‘एन्फाको निर्देशनका कारण मापदण्डले क्लबहरु सीमित भए’, अध्यक्ष शाहीले भने, ‘४२ वटा क्लब झोलामा सीमित थिए,
उनीहरु मध्ये २६ वटालाई पुरै क्रियाशिल बनाइसकेको छु ।’ तर, मापदण्ड भित्र नपर्ने क्लबहरुलाई मान्यता दिन नसकिएको जनाउ“ दिंदै शाहीले बा“की क्लबहरुलाई पनि मापदण्डमा आउन सहयोग गरिने बताए ।