उपाधिका लागि बेंगलुरु र पञ्जाब भिड्दै : आईपीएल

 भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स फाइनलमा भिड्दै छन् ।

दुवै टोली पहिलो उपाधि जित्ने होडमा छन् । फाइनल खेल बेलुका पौने ८ बजेदेखि अहमदाबादस्थित विश्वकै ठुलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।

बेंगलुरुले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलमा स्थान बनाएको थियो । पराजित पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा फेरि बेंगलुरुसँगको भिडन्त पक्का गर्‍यो ।

लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रहेको थियो ।

बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ गरी तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन । पञ्जाबले सन् २०१४ को फाइनल खेल्दा उपाधि जित्न सकेन ।

आईपीएलमा हालसम्म यी दुई टोलीबीच ३६ खेल भएको छ जसमा दुवै टोलीले १८-१८ खेल जितेका छन् । पछिल्ला ६ खेलमा भने बेंगलुरुसँग ५-१ को अग्रता छ ।

यस सिजन यी दुई टोली लिग चरणमा २ पटक र प्लेअफमा एकपटक खेलिसकेका छन् । जसमा बेंगलुरुले २ खेल जित्दा पञ्जाबले १ खेल जितेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया