प्रमोदले ल्याए रुप्स्या पातली

नेपालगन्जमा रहेर कला र गलाको सफल अभ्यास गरेका गायक प्रमोद डिजीको रुप्स्या पातली सुवाको भिडियो सार्वजनिक भएको छ ।

अब राजधानी काठमाडौं पुगेका उनी आर डिपी डिजिटलको युटुव चयानल मार्फत नयाँ गीत लिएर प्रस्तुत भएका हुन् । हिजो मात्रै सार्वजनिक भएको उक्त गीतमा शब्द चलचित्र निर्देशक माधव राज खरेलको रहेको छ भने राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज का साथै मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

डेउडालाई फ्युजन तरिकाले तयार पारिएको यो गीतको म्युजिक भिडियोमा खेम डिसी, लक्ष्मी सुनार आरसी गोर्खालीको अभिनय देख्न सकिन्छ । यो गीतको नृत्य नेतृत्वमा छाएका कलाकार डिसि पनि बाकेमा पत्रकारिता गर्दै गर्दा राजधानी पुगेर कलामा जोडिएका हुन् । अनिल शाहीको निर्देशन तयार पारिएको भिडियोमा अमित विकको छायाँकन तथा राजेश कुमारले कुशल सम्पादन गरेका छन् ।

https://youtu.be/ZFEOdTr0Z3o?si=Cu16c_sLRyC5ek5T

प्रतिक्रिया

प्रतिक्रिया