हिन्दू धर्मावलम्बीहरूको लागि एउटा महत्वपूर्ण धार्मिक उत्सव कुम्भ मेला-२०२५मा सहभागिता जनाउदै नेपाली ।

सम्बद्ध जानकारका अनुसार, प्रत्येक १२ वर्षमा भारत उत्तरप्रदेशको प्रयागराजमा आयोजना गरिने यो उत्सव यस पटक भने १४४ वर्षपछिको विशेष हो ।
नेपालगन्जबाट कसौधन वैश्य समाज नेपालगंजका अध्यक्ष सन्तोष कुमार वैशको संयोजनमा पुगेको टोली गंगा, यमुना र सरस्वती नदीको संगममा स्नान गरि फर्किएको छ ।

कुम्भ मेलामा लाखौं श्रद्धालुहरूले पवित्र नदीमा स्नान गरी आफ्नो पुन्य आर्जन गर्ने विश्वास गरिन्छ।
कुम्भ मेलाको समयमा विभिन्न धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम र आध्यात्मिक गतिविधिहरू पनि आयोजना गरिन्छन्।
यो एउटा ठूलो सामाजिक र सांस्कृतिक जमघट हो, जसले भारतीय संस्कृति र धार्मिक परम्परालाई विश्वभरि चिनाउने काम गर्दछ।
प्रयागराजमा सन् २०२५ मा हुने कुम्भ मेला अवधिका यी दिन बढीनै भिड हुने गरेको छ ।
* पौष पूर्णिमा (१५ जनवरी २०२५)
* मौनी अमावस्या (२९ जनवरी २०२५)
* वसन्त पञ्चमी (८ फेब्रुअरी २०२५)
* माघी पूर्णिमा (१२ फेब्रुअरी २०२५)
* महाशिवरात्रि (२६ फेब्रुअरी २०२५)
करोडौं भारतीय श्रद्धालुसंगै दसौं लाख नेपाली यसबीच कुम्भ मेला स्नानमा पुगेका छन् ।
नेपालीमात्रै होइन, नेपाल, भुटान देखि सार्क राष्ट्रका लाखौं हिन्दु दैनिक आउँजाउ देखिएको प्रयागराजमा बिश्वका तमाम ठाउँबाट स्नानका लागि पुगेको देखिन्छ ।
धार्मिक पर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण र भव्य रहेको यो आयोजनामा उत्तर प्रदेशमात्रै होइन पुरै भारत सरकार केन्द्रित भएको व्यवस्थापनबाट प्रष्ट हुन्छ ।
राज्य लाग्यो भने असम्भव भन्ने केही हुन्न भन्ने ठुलो र सकारात्मक सन्देश पनि यो व्यवस्थापनबाट देखिन्छ ।
नेपाललाई पुन्य भूमि मान्ने करोडौं भारतीयहरुको प्रसिद्ध शक्तिपीठ पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, बागेश्वरी मन्दिर प्रतिको अगाध श्रद्धा भाव पाइन्छ । त्यसलाई धार्मिक पर्यटनका दृष्टिले नेपाल बिश्वका हिन्दुहरुको उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ ।