लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताउनु भएको छ ।
बाँकेको नरैनापुरमा नेकपा एमालेले आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकितामा राखेर योजना तर्जुमा गर्ने स्पष्ट पार्नु भयो ।‘प्रदेश समग्र विकास नरैनाको विकास संग जोडिएको छ । यहाँका नागरिकको जीवनस्तर उठेपछी प्रदेशको विकास भएको मानिने छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘त्यही भएर नरैनापुरको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिंचाई सबै प्रकारको विकासकालागि प्रदेश सरकार प्रतिबद्ध छ ।’
सिमान्तकृत समुदायको जीवनस्तर उठाउनेगरी कार्यक्रम निर्माण गरेको बताउनु भयो । नरैनापुर लगायतका क्षेत्रको अवलोकन गर्ने क्रममा प्राप्तभएका मागहरुलाई आगामी बर्षको बजेट मार्फत सम्वोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।‘यहाँहरुको समस्यालाई प्रदेश सरकारले नजिकबाट हेरेको छ । बुझेको छ । हामि आउने बर्षको बजेट मार्फत सम्वोधन गर्छौं’उहाँले भन्नुभयो,‘चालु बर्षको बजेट बनिसकेको छ । बजेट रकमान्तरण गर्न मिल्दैन । पुरक बजेट ल्याउन मिल्दैन ।
आउदो बर्षको बजेटमा सरकारले उच्च प्राथमिकतामा राख्ने छ ।’ नरैनापुरको समग्र विकासमा तीन तहका सरकारले एकिकृत योजना निर्माण गरेर कार्यान्वयनमा लग्न सकिने भएकाले त्यसका लागि समन्वय गरिने भनाई मुख्यमन्त्री आचार्यको छ । संघीय सरकारले जनताको तटबन्ध कार्यक्रम मार्फत राप्ती नदी तटबन्ध गर्दै आइरहेको छ । तर, तटबन्धको कामले गति लिएको छैन् । जनताको तटबन्ध कार्यालयका प्रमुख संग छलफल गर्ने, त्यहाँबाट सम्वोधन हुन नसके प्रदेश सरकारले तटबन्धको योजना अघि बढाउने बताउनु भयो ।‘नरैनापुरमा विगत र वर्तमानमा भएको प्रगतिको तुलना गर्न जरुरी छ । २०७४ साल अघि र त्यसपछी भएका कामको तुलना ग¥यौं भने सहि मार्ग प्राप्त हुनेछ’उहाँले भन्नुभयो,‘केहि भएको छैन भन्ने भास्यलाई तोड्न जरुरी छ ।
तीन तहका सरकारले काम गरिरहेका छन् ।’ सिंचाईको वर्तमान समस्या सिक्टा सिंचाई आयोजना कार्यान्वयनमा आएपछी समाधान हुने बताउनु भयो ।‘यहाँको सिंचाइको समस्या सिंगो प्रदेशको समस्या हो भनेर बुझेका छौं । त्यस अर्थमा यहाँको सिंचाई समस्या समाधान भएपछी नागरिकको जीवनस्तर सुधार हुनेछ’उहाँले भन्नुभयो,‘संघीय सरकारले यस आयोजनालाई गति प्रदान गर्ने छ । केही दिनमा यहाँको अध्ययन पनि हुदैछ ।’