डम्बर रानाभाट स्मृति फुटबलका दोस्रो संस्करण

आयोजक हिमालयन, बागमति र जिप्रका क्वाटरफाइनलमा प्रवेश


आयोजक हिमालयन सामुदायिक क्लब ‘बी’, बागमति युवा क्लब र जिप्रका बाँके दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


बाँकेको खजुरा गाउँपालिका धौलागिरीमा आइतबार भएको पहिलो खेलमा आयोजक हिमालयन सामुदायिक क्लबले एक्टिभ युवा क्लबलाई ५–० ले पराजित गरेको थियो ।


आयोजक टिमका लागि दिपेश घर्ती र मनोज मगरले २–२ गोल तथा प्रतिक सुनारले १ गोल गर्नु भयो ।
दोस्रो खेलमा बागमति युवा क्लबले मानवी एफसीलाई १–० ले हरायो । बागमतिको लागि सचिन राना मगरले निर्णायक गोल गर्नु भएको थियो । यसैगरी आइतबार भएको तेस्रो खेलमा जिप्रका बाँकेले बद्रर एफसीलाई २–१ ले पराजित गरेको छ ।


जिप्रका बाँकेको लागि सुदिप शाही र अनिल थारुले १–१ गोल गर्नु भयो । ब्रदर एफसीको लागि सुनिल खड्काले गोल गर्नु भएको आयोजक हिमालयन सामुदायिक क्लबका अध्यक्ष किरण थापाले बताउनु भयो ।


जनयुद्धका सहिद हुनु भएका डम्बर रानाभाटको स्मृतिमा स्थानीय युवाहरुले प्रतियोगिताको आयोजना गर्नु भएको छ । गत शनिबार देखि सुरु भएको प्रतियोगिताचैतको ३० गते सम्म चल्नेछ । प्रतियोगितामा बाँके जिल्ला भित्रका १४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाण पत्र र दोस्रो हुनेलाई ३० हजार ५सय ५५ मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया