बर्दियामा जातिय विभेदको चपेटामा दलित महिला


सन्दिप कुमार बैश्य
दलित महिला संघ बर्दियाको आयोजनमा बर्दियाका पत्रकारहरुसँग दलित महिलाका सवाल र संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा गरिएको छ ।


अन्तरक्रिया कार्यक्रममा दलित महिला संघ बर्दियाकी संयोजक हिमा सुनारले जातिय विभेद भुषमा लागेको आगो जस्तै सल्किरहेको बताइन्। उनले भनिन्,ुयसले अर्को पुस्तासम्म समेत असर पार्ने बताउँदै वर्तमान तीन तहको सरकार रहेको अवस्थामा स्थानीय सरकार बढी जिम्मेवार हुनु पर्छ।ु
जतिय विभेद, लैङ्गिक हिंसा र चरम गरिबीको मारमा दलित महिलाहरू परेको जिकिर गरिन् । उनले बर्दियामा जातिय भेदभाव बाहिरी रुपमा त्यति नदेखिए पनि भित्रभित्रै चरम रुपमा फैलिएको जानकारी दिनुभयो ।

दलित समुदायमाथि छुवाछुत नियन्त्रण गर्न समाजमा रहेका हरेक तप्काका व्यक्तिले आ९आफ्नो स्थानवाट सकारात्मक भूमिका खेल्न जरुरी देखिएको सहभागी पत्रकारहरुले बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेसका कोषाध्यक्ष यमनाथ घिमिरेले दलित समुदायको उत्थानको लागि मिडियामा ब्यापक सचेतना आवश्यक रहेको बताए ।


नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले दलित समुदायमाथी रहेको गैर दलित समुदायको दृष्टिकोण परिवर्तत गर्न संचारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै पत्रकारहरु दलित समुदायको न्यायका लागि सभै अग्रपंक्तीमा रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।


दलित महिला र बालिकाको मानव अधिकार प्रर्वद्धन परियोजना अन्तर्गत एफजेएसको आर्थिक सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रममा गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया