ब्लोदानद्वारा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलनआयोजना

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना गरेको छ । ब्लोदानले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आगामी फागुन २६ र २७गते आयोजनागरिएको जानकारी गराएको हो ।

दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुखआतिथ्यमा ललितपुर, भोल ढोका स्थित ज्यापु प्रज्ञा भवनमा हुने बताइएको छ । साथै, संघ संस्थाहरुको महासंघ (आइएफबिडिओ) का अध्यक्ष अब्देलमलेक साया पनि उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । ब्लोदानका अनुसार उक्त सम्मेलनमा भारत र अन्य देशका गरी १८ जनाविदेशीप्रतिनिधिहरुसहभागी रहनेछन् ।

साथै, विभिन्न स्थानीय क्लब, संघ–संस्था, तथा व्यक्तिहरु गरी लगभग ३ सय जनाको सहभागिता रहने बताइएको छ । ब्लोदानले रगतको सोधभर्ना दिनुपर्ने, दान गरेको रगतको शुल्क तिर्नु पर्ने, समयमै रगत नपाउने, रगतको भण्डारणमा समस्याउत्पन्नहुने, दक्षजन शक्ति र उपकरणको अभाव हुने आदि समस्यालाई न्यूनीकरण गर्नकालागि राष्ट्रिय रक्तसञ्चार नीतिलाई समयानुकूल परिमार्जन एवं व्यवस्थितगर्नु अबको थपचुनौती रहेको बताएको छ ।

ब्लोदानका केन्द्रीयउपाध्यक्षतथा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलनप्रचार प्रसार उपसमितिकासंयोजक राजेश श्रेष्ठले रक्त सञ्चार सेवामा सुधार ल्याउने उद्देश्यले सम्मेलनको आयोजनागरिएको बताए ।

ब्लोदानका केन्द्रीयअध्यक्ष सानुबाबु प्रजापतिले आफूहरु निरन्तर रक्तदानअभियानमा रहेको बताए । विरामीको उपचारमा रगतको अभावनहोस् भनेर आफूहरुले नेपाली रक्तदाताहरुलाई अभिप्रेरित गर्ने प्रयास जारी राखेको बताए । ब्लोदान गैरनाफामूलक संस्थाभएको उनले बताए । ब्लोदानले २०७० जेठ ३० र ३१ गते प्रथमअन्तर्राष्ट्रिय रक्त सम्मेलन गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया