सामाजिक सञ्जालबाट सम्पर्क भई मानवबेचबिखन तथा जोखिमपूर्ण यात्राको घटना हुने गरेको बताइँदै आएपनि अनलाइन खेल पनि चुनौति बन्न थालेको मानवबेचबिखन विरुद्ध क्रियाशिल संस्था माइती नेपालले बताएको छ ।
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले अनलाइन खेलिने खेलबाट सम्पर्क भै जोखिमपूर्ण यात्राको सन् २०२३ मा बाँकेमै फेला परेको बताए । उनले भारतीय केटी अनलाइन गेमको सम्पर्कबाटै जोखिमपूर्ण यात्रा गर्दै कोहलपुर पुगेको फेला परेको जानकारी दिए ।
‘सामाजिक सञ्जाल मात्रै नभई अनलाइन मार्फत खेलिने खेलमा सम्र्पक गरी जोखिमपूर्ण यात्रा हुन थालेको देखिएको छ’, कोइरालाले जोखिपूर्ण यात्रा रोक्न अर्को चुनौति थपिएको बताउँदै भने ।