बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका-५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दमाईले ती बालिकालाई विभिन्न समयमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी
कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।










