भाइरोलोजिष्ट आचार्यलाई सम्मान

स्वास्थ्य कार्यालय बर्दियाले भाइरोलोजिष्ट सुलभ आचार्यलाई सम्मान गरेको छ । कोरोना कहरको चरम समस्याका बेला बर्दिया स्वास्थ्य कार्यालयमा सेवा प्रदान गरेका आचार्यलाई स्वास्थ्य कार्यालयले सम्मान गरेको हो ।


त्यसबेला भेरी अस्पतालको कोरोना परिक्षण ल्याबमा रहेर भाइरोलोजिष्ट आचार्यले निकै महत्वपूर्ण योगदान पनि गरेका थिए । भाइरोलोजिष्ट आचार्य हाल थोपा प्रयोगशाला नेपालगन्जका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा सेवारत छन् ।


स्वास्थ्य कार्यालय बर्दियाले आफ्नो वार्षिक समीक्षा गोष्ठीमा बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर बिष्ट र स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले उनलाई सम्मान गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया