बाँँके–बर्दियामा लायन्स संस्थापकको जन्मोत्सव मनाइँदै
बाँकेमा एक बालकको ज्यानै जानेगरि दादुराको संक्रमण देखिएको घटनाप्रति लायन्सले चासो लिएको छ ।
‘यसकाबारे हामी देशभित्रका लायन्स र लायन्स इन्टरनेशनलसम्म कुरा गछौं,’ नेपालमा सरकारलाई २४ करोड रुपिया आर्थिक साझेदारी गरि दादुरा रुबेलाको अभियान चलाएको सम्झँदै क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर शेम शाक्यले नेपालगन्जका पत्रकारसँग भने, ‘सरकारीतहबाट हुने कुरा नआएपनि नागरिकस्तरबाट आएका अपेक्षामा हामी गम्भीर छौं ।’
बाँके– बर्दियामा लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सव विभिन्न कार्यक्रम गरि मनाइने भएको छ ।
लायन्सका संस्थापक जोन्सको जन्म सन् १८७९ को जनवरी १३ मा भएकोे थियो । उनको जन्मोत्सवको अवसर पारेर बाँके र बर्दियामा पुष २३ गतेदेखि २९ गते सम्म बाँके र बर्दियाका विभिन्न लायन्स क्लबहरु मार्फत विभिन्न सामाजिक कार्य गर्न लागिएको हो ।
विभिन्न सामाजिक कार्य गरि साताव्यापी रुपमा जोन्सको जन्मोत्सव मनाउन लागिएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत क्षेत्र नम्बर ४ का तर्फबाट पत्रकार सम्मेलन गरि विहीवार जानकारी दिएका हुन् ।
क्षेत्र नम्बर ४ अन्तर्गत बाँके र बर्दियाका लायन्स क्लबहरुले संयुक्त रुपमा १४४ औं मेल्बिन जोन्स डे सेलिब्रेसन कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक साबित्रा बस्नेत जानकारी दिइन् ।
त्यसक्रममा लायन्सले नेपालगन्जको पुरैनी स्वास्थ्य चौकीमा महिला क्यान्सर सम्बन्धी परीक्षण क्याम्प राख्ने भएको छ ।
नेपालगन्जमा न्यानो कपडा वितरण, आँखा शिविर, नीलसागर सेवाश्रम कोहलपुर, समाज विकास प्रवद्र्धन केन्द्र तेजनगर, नेपालगन्ज–१८ स्थित दृष्टिविहीन बालबालिका, अन्जनी माता रसोईमा खाद्यान्न वितरण गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रममा खजुरा क्षेत्रमा रोजगार र लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना, कोहलपुरको त्रिभुवन मावि, बैजनाथको नेपाल राष्ट्रिय मावि बैजनाथमा शैक्षिक सामाग्री वितरण गरिने संयोजक बस्नेतले जानकारी दिइन् ।
त्यस्तै, नेपालगन्जको बसपार्कमा एचआइभी सम्बन्धी कार्यक्रम, रक्तदान, स्वास्थ्य शिविर, जानकी गाउँपालिकाको भाटनपुरवामा दात शिविर, मनिकापुर थपुवामा नाक, कान, घाँटी शिविर, मानसेवा आश्रम नेपालगन्जमा सर्जिकल र औषधी वितरण, जनता मावि नयाँ वस्ती राँझामा स्यानेटरी प्याड भेन्डीङ मेशीन वितरण लगायतका कार्यक्रम गर्ने योजना रहेको कार्यक्रम संयोजक बस्नेतले बताइन् ।
त्यसक्रममा बर्दिया बढैयातालको नेपाल राष्ट्रिय माविमा शैक्षिक सामाग्री वितरण गरिने संयोजक बस्नेतले जानकारी दिइन् ।
पत्रकारका जिज्ञासामा क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर शेम शाक्यले स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर लायन्सले समाजमा आफ्नो सेवा गरिरहेको बताए । ‘तर, कोरोनाको महामारीका बेला हामीनै अग्रपङ्तिमा रहेर काम गरेका छौं,’ शाक्यले भने, ‘बाढी पीडितलाई सहयोग गर्ने देखि आपतकालिन समयमा काम गर्ने कुरामा हाम्रो संस्था आफ्नै बुतामा मनकारी सदस्यहरुको साथबाट अगाडी आउने गरेको छ ।’