नयाँ प्रधानमन्त्री प्रचण्ड, भोली सपथ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गर्ने भएकी हुन् ।


राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ।‍
सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दैछन्।


राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।

प्रतिक्रिया

प्रतिक्रिया