नेपालगन्जमा मेयरकप साइकल दौड

देव, रुपा, रमेश, इन्दिरा र दिपकलाई नेपालगन्ज ‘साइक्लोथन’ को उपाधि


हरेक बर्ष आयोजना गरिंदै आएको नेपालगन्ज ‘साइक्लोथन’ शनिवार आयोजना गरिएको छ । ५ औं मेयरकप साइकल दौड प्रतियोगिताका रुपमा एक समारोह बिच नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले साइक्लोथन ‘फ्ल्याग अफ’ गरि शुरु गरेका हुन् ।


नेपालगन्ज साइक्लिङ क्लबको आयोजना र नेपालगन्ज उपमहानगर पालीकाको सहकार्यमा आयोजित प्रतियोगितामा विभिन्न ५ बिधाका साइकलका खेल समेटिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।


३५ किलोमीटर तर्फ एमटिभी पुरुषमा देव बहादुर बोहरा प्रथम, जङ्गु थारु द्वितिय र शिवप्रसाद थारुले तृतीय स्थानमा आए भने २५ किलोमीटर एमटिभी महिलातर्फ रुपा थारु प्रथम, सीता सार्की द्वितिय, पार्वती सार्की तृतीय स्थानमा आउन सफल भए । बिजेता सीता र पार्वती जुम्ल्याहा दिदिबहिनी हुन् ।


यसैगरी ४० बर्ष माथि को एमटिभी मास्टर समुहमा प्रतिस्पर्धा गर्दै दिपक मल्ल प्रथम , बाबुराम बिश्वकर्मा द्वितिय र किरणप्रसाद श्रेष्ठ तृतीय भए । साधारण साइकल पुरुष तर्फ को उपाधी जित्दै रमेशकुमार थारु प्रथम, लिखनप्रसाद थारु द्वतिय र जुगलाल थारुले तृतीय स्थान प्राप्त गरे ।


साधारण साइकल महिला तर्फको उपाधि जित्दै इन्दिरा थारु प्रथम, मिनाकुमारी थारु द्वितिय र कल्पना सार्की तृतीय भए । साइकलका इभेन्टमा सहोदर दिदिबहिनी कल्पना, सीता र पार्वती सार्कीले प्रतिस्पर्धामा जीत निकाल्न सफल भएका हुन् ।
प्रतियोगितामा बिजेतालाई नगद/मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टले प्रदान गरे ।

एमटिभी पुरुष तर्फ का प्रथम /द्वितिय र तृतीयलाई बिबि साइकल सेन्टर र महिला तर्फ नेपालगन्ज बाइसाइकल्स प्रालिले विभिन्न जिन्सी उपहार प्रदान गरेको क्लबका सचिव तथा कार्यक्रम संयोजक प्रदीप सापकोटाले जानकारी दिए ।


कार्यक्रमको अध्यक्षता गरेका क्लबका अध्यक्ष सतिश निरौलाले प्रतियोगितामा जोडिएका मिडिया पार्टनर दैनिक नेपालगन्ज, साझेदार नेशनल प्याथ ल्याब, बिबि साइकल सेन्टर, नेपालगन्ज बाइसाइकल प्रालि, रक्षक सेक्युरिटीलाई धन्यबाद दिए । अध्यक्ष निरौलाले साइक्लिङलाई स्वास्थ्य, खेलकुद, पर्यावरणतथा पर्यटन सङ्ग जोडेर नियमित रूपमा काम गरिरहेको
बताए ।
क्लबका कोषाध्यक्ष राजेश गुप्ताका अनुसार, प्रतियोगितामा सबै बिधामा गरि ६७ जना महिला /पुरुषले सहभागिता जनाएका थिए । यसखालका प्रतियोगितालाई निरन्तरता दिइने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया