बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका भण्डारीलाल यादव र २ बाट आदेश कुमार अग्रवाल विजयी भएका छन् ।

निर्वाचनका सम्मुखमा माओवादी त्यागेर जसपा प्रवेश गरेका अग्रवालले एमालेका निरक गुरुङलाई पछि पारेका हुन् । निवर्तमान प्रदेशसभा सदस्य काँग्रेसका सुरेन्द्र हमाल तेस्रो स्थानमा पुगे । हमाल प्रदेश सरकारमा वनमन्त्री छन् ।
भण्डारीले नेकपा एमालेका विजयबहादुर यादवलाई २ हजारबढी मतले पछाडी पारेर जीत दर्ज गरेका हुन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजकुमार बर्माले छन् ।
यादव गत बैशाखमा भएको स्थानीय तह चुनावमा डुडुवा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । उनी २०७४ को स्थानीय चुनावमा डुडुवा ३ बाट वडा अध्यक्ष चुनिएका थिए । उनलाई काँग्रेसका नरेन्द्र चौधरीले पराजित गरेका थिए ।
त्यस्तै, बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीकै आदेशकुमार अग्रवाल विजयी भएका छन् ।
निर्वाचनका मुखमा माओवादी त्यागेर जसपा प्रवेश गरेका अग्रवालले एमालेका निरक गुरुङलाई पछि पारेका हुन् । निवर्तमान प्रदेशसभा सदस्य काँग्रेसका सुरेन्द्र हमाल तेस्रो स्थानमा पुगे । हमाल प्रदेश सरकारमा वनमन्त्री छन् ।
प्रदेश सभा सदस्य निर्वाचित दुवैको नतिजा यो समाचार तयार गर्दासम्म निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको थिएन ।
रुपन्देही–४ (१) मा बनिया विजयी
लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीबाट लुम्बिनी प्रदेशसभामा आफ्नो पहिलो जीत दर्ता गराएको छ । रुपन्देहीको क्षेत्र नं ४ अन्र्तगत प्रदेश सभा सदस्य ४ को १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका हुन् ।
कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २ सय ५३ मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । आचार्यले निर्वाचन कार्यालयले प्रतिनिधिसभाको मत गन्न बाँकी रहेकाले र केही मत थप हुनसक्ने भएकाले आधिकारिक घोषणा नगरेको तर गणना भएको तथ्यांक सार्वजनिक गरेको बताए ।










