
हिमाल गैरे
नयाँ सरकार चुन्नका लागि आज आइतबार मतदाताहरू मतदान गर्दैछन् । आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय छुट्याइएका छन् । देशभर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाताको सूचिमा रहेका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेका थिए ।
बाँकेमा ३ लाख ३२ हजार २ सय ३१ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या १ लाख ६८ हजार ८ सय ५३ र महिला मतदाता १ लाख ६३ हजार ३ सय ६९ रहेका छन् । जिल्लामा यसपटक ९ जना तेस्रो लिंगि पनि मतदातामा सूचिकृत रहेका छन् ।

तीन वटा निर्वाचन क्षेत्रका लागि १ सय ३८ मतदान स्थल र ३ सय ८० मतदान केन्द्र रहेका छन् ।
बाँके क्षेत्र नं. १ को क मा २८ मतदान स्थल र ६७ मतदान केन्द्र, ख मा १९ मतदान स्थल र ७० मतदान केन्द्र, बाँके क्षेत्र नं. २ क मा २५ मतदान स्थल र ५८ मतदान केन्द्र, बाँके क्षेत्र नं. २ खमा १८ मतदान स्थल र ५५ मतदान केन्द्र, बाँके क्षेत्र नं. ३ क मा २३ मतदान स्थल र ७१ मतदान केन्द्र, बाँके क्षेत्र नं. ३ खमा २५ मतदान केन्द्र र ५९ मतदान केन्द्र रहेका छन् ।










