क्षेत्र नं. ३ का लागि मेरा प्रतिबद्धता पूरा गर्नेछु : कक्षपति

जुन काममा लाग्यो त्यो काम पूरा गरेर छोड्ने अठोट उनीमा छ । गतिलो उदाहरण खजुरा क्यान्सर अस्पताल हो यस्ता धेरै उदाहरण छन् । सोच सकारात्मक छ स्वभाव सरल विचार प्रष्ट किस्मतकुमार कक्षपतिको परिपचय यस्तै धेरै गुणले भरिएको छ । २७ वर्षदेखि खजुरा क्षेत्रमा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सक्रिय उनका प्रमाणित भइसकेका धेरै काम छन् । नेतृत्व क्षमता तीव्र छ उनीमा आग्रह र पूर्वाग्रह देखिदैन । त्यसैले उनी पार्टीको जिल्लाको नेतृत्वमा पुगेका हुन । सहयोगी र आत्मीय भावना उनमा छ ।

जनताका दुख बुझ्न सक्ने क्षमता भएका कारण नै पार्टीले कक्षपतिलाई टिकट दिँदै जनताको सेवक बनाउन खोजिरहेको हो । व्यवस्था राम्रो भयो भने सबै कुरा ठीक हुन्छ भन्ने कुरा उनले राम्रोसंग बुझेका छन् त्यसैले व्यवस्थाको व्यवहारिक कार्यान्वयन उनले स्थापित गर्न इच्छा गरिरहेका छन् । एउटा पालिकामा नेतृत्व गर्दा उनले अन्तर्राष्ट्रिय सम्बन्ध बढाएका छन् । सम्बन्ध सम्पर्क सबैको सम्मान गर्दै आफ्नो ठाउँको विकास गर्ने उनको अठोटलाई जीवित राख्नका लागि क्षेत्र नं। ३ का जनताले राम्रोसंग बुझेका छन् र यसपाली मलाई साथ दिन्छन् कक्षपतिले भने म केही परिवर्तन गरेर देखाउँछु त्यो जनतामाझ राख्दै आएको छु । विकासमा आवश्यकताको आधारमा योजना ल्याउनु पर्ने उनको धारणा छ । उनले आफ्नो क्षेत्रमा पर्ने बैजनाथ, खजुरा, जानकी र नेपालगन्जको वडा नं। १६ र १७ बराबर विकासको साझेदारी हुनु पर्ने धारणा व्यक्त गर्छन ।

विगतमा उनले के गरे यो पनि हेरौं
२०६५ सालमा खजुरामा धनधान्याचल महायज्ञ लगाइयो जसको उद्देश्य क्यान्सर अस्पताल निर्माण गर्ने थियोे । बाँके र बर्दियाका जनताको अपार सहभागिता र सहयोगमा त्यो सफल हुँदा क्यान्सर अस्पताल निर्माण शुरु भएको थियोे । यसअघि गुरु दिनदयाल र खजुराका अग्रजहरु लक्ष्मीनारायण मन्दिरमा बसेर यसको संकल्प गरेका थिए जसको नेतृत्व किस्मत कुमार कक्षपतिले गरेका थिए । आज खजुरामा क्यान्सर अस्पताल शुरु भएको छ । अस्पताल शुरु गर्दासम्म उनी निरन्तर लागिरहे । त्यसपछि उनी २०७४ को निर्वाचन जितेर खजुरा गाउँपालिकाको अध्यक्ष भए ।

५ वर्षमा उनले आफ्नो पहिचान खजुराको समग्र विकासको लागि एउटा नाम किस्मत कुमार कक्षपति हो भन्ने बनाए। त्यस वीचमा ग्रीन सिटीको प्रोजेक्ट खजुरामा भित्र्याउन सफल भए । जुन उजवेगस्तानको राजधानी तास्केन्टमा खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले युनाइटेड नेशनसंग सम्झौतामा हस्ताक्षर गरेका थिए । लगत्तै विश्वव्यापी कोरोना फैलिंदा प्रोजेक्ट केही प्रभावित भएको थियो । अद्य्ययन अनुसन्धान हुँदै पाइलट प्रोजेक्ट शुरु भएको छ । जुन पूर्ण रूपमा लागू हुँदा व्यवस्थित शहरको परिकल्पना हुनेछ । कृषिमा दीगोपन बलियो आयार्जनको माध्यम पनि हो जुन कुराको लागि खजुराका किसान चीन पुगेर त्यहाँको प्रविधि हेरेका छन् भने नमूना तालिम पशुपालन र प्याज, टमाटर खेतीको लागि तालिम दिएर लागू गरेको छ खजुरा पालिकाले । अहिले उनै कक्षपति एमालेबाट बाँके क्षेत्र नं। ३ प्रतिनिधि सभा उम्मेदवार हुन । चुनावी मैदानमा रहेका कक्षपति भन्छन् यो ग्रीन सिटीको प्रोजेक्ट खजुरा, जानकी, बैजनाथ हुँदै जिल्लाभर लागू गर्ने चाहना छ । उनी जुन काममा लाग्छन् त्यो सफल बनाएर छोड्छ्न ।

खजुरा गाउँपालिकामा हुँदा ग्रीन सिटी, प्रदेश विश्वविद्यालय, १५ वेडको अस्पताल, शीत भण्डार, औद्योगिक ग्रामलगायतको ठूला आयोजना भित्र्याउन उनको प्रमुख भूमिका छ । घरबारविहीनलाई घर बनाएर हस्तान्तरण, शिक्षामा ३१ बुंदे प्रतिबद्धतासहित सुधार, सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कृषियन्त्र वितरण, खेलकुदमा मिनीरंगशाला, खेलकुद ग्रामको स्तरोन्नति, हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता,शैक्षिक महोत्सव, मूख्य सडक कालोपत्रे, गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु, १५ वर्षे योजना निर्माण, सभाहल निर्माण ३ हजार महिलालाई सहकारीमा आवद्ध, सिलाइ कटाईमार्फत ४० महिलालाई नियमित रोजगारी, युवाका लागि स्वरोजगार कार्यक्रम र ८० जना युवाहरूलाई ४० हजार टोकन मनि हस्तान्तरण सीपमूलक तालिम लगायतका धेरै कुरा छोटो अवधिमा गर्नु उनको खुवी हो ।

बृहत खजुरा सम्मेलनमार्फत खजुराको खाका कोर्नु, पूर्ण खोप घोषणा, साक्षर घोषणा र वालविवाह मुक्त खजुरा पनि उनकै कार्यकालमा भयो । खरो स्वभाव भएका कक्षपति भन्छन् काम गर्नकै लागि आफ्नो उम्मेदवारी हो जनताको शीर कहिले निहुरिन दिन्न । आफ्नो कार्यकालामा सबै कार्मचारीसंग समान व्यवहार राख्नुले पनि उनको व्यवहार प्रष्ट हुन्छ । नेकपा एमाले बाँकेका अध्यक्ष समेत रहेका कक्षपतिले विकासका एजेन्डामा राजनीतिभन्दा माथि उठेर साझा एजेन्डाको रूपमा काम गर्नु पर्ने सान्दर्भिक भनाइ राख्दै आएका छन् । जनतामाझ जाँदा उत्साहित रहेको बताउँदै कक्षपतिले मंसिर ४ मा जनमतबाट अनुमोदन हुनेमा विश्वस्त रहेकोे बताउँछन् । उनको टीममा प्रदेश क मा एमालेका सचिव समेत रहेका युवा नेता रत्न खत्री र प्रदेश ख मा भीम ओली चुनावी मैदानमा छन् ।



प्रतिक्रिया

प्रतिक्रिया